×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर फर्स्यौट प्रकरण : उमेश ढकाल र लुम्बध्वज महतसँग मागियो जनही १ करोड धरौटी, आज तिरेर छुट्ने !

PRIME CA

कर फर्स्यौट प्रकरण : उमेश ढकाल र लुम्बध्वज महतसँग मागियो जनही १ करोड धरौटी, आज तिरेर छुट्ने !

६ मंसिर २०७४, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ –  कर फर्स्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालसँग बिशेष अदालतले जनही एक करोड रुपैयाँ धरौटी माग गरेको छ । मंगलबार अदालतले यस्तो निर्णय गरेको हो । मंगलबार नै धरौटी बुझाउन नसकेपछि उनीहरुलाई  डिल्लीबजार कारागार चलान गरिएको छ । नगद २ करोड तत्कालला लागि सम्भव नभएको र बैंक ग्यारेन्टी बनाउने समय पनि नभएको हुँदा उनीहरुले धरौटी बुझाउन नसकेका हुन् ।
आज एक बैंकले बैंक ग्यारेन्टी बनाएर ‘फर्ष्ट आओर’ अदालतमा बुझाएपछि उनीहरु आज नै छुट्ने बुझिएको छ । 
कर फर्छ्यौट आयोगमार्फत अनियमित ढंगले कर मिनाहा दिई राज्यलाई झण्डै २१ अर्ब नोक्सानी पुर्‍याएको तत्कालिन आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित महत र ढकालविरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले तीनै पदाधिकारीविरुद्ध १० अर्ब दुई करोड रुपैयाँको बिगो मागदावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
गत १९ जेठमा अख्तियारले तत्कालिन आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेपछि  महत र ढकाल भने त्यसयता फरार हुँदै आएका थिए । गत बुधबार महत र ढकालले विशेष अदालतमा आत्मसर्मपण गरेका थिए । महानिर्देशक शर्मालाई भने सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो। महत र ढकाल चार्टड एकाउन्टेन्ट हुन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: