×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोझा नेपाली ठग्न नेपाल भित्रियो भिभो मोबाइल, दामअनुसारको छैन फिचर, पैसाको सत्यानास मात्रै !’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सोझा नेपाली ठग्न नेपाल भित्रियो भिभो मोबाइल, दामअनुसारको छैन फिचर, पैसाको सत्यानास मात्रै !’

१२ मंसिर २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ-  कुनैबेला ओप्पोले सेल्फी एक्स्पर्ट भन्दै जनतालाई ठग्यो । बेला बेलामा ह्यांग हुने, भनेजस्तो फोटो पनि नाखिचने, बढी तात्ने लगायतका समस्या बएको ओप्पोले आक्रामक विज्ञापन गरेर नै जनतालाई भ्रम छर्यो । अहिले भारतमा फ्लप भएको भिभो ब्राण्डको मोबाइल पनि नेपाल भित्रिएको छ । आउँदो विश्वकपको प्रायोजन समेत रहेको भिभो ब्राण्डको महँगो तर खास फिचरहरु नभएको मोबाइल फोन नेपाली बजारमा आएको हो ।
भिभोले पनि सेल्फिलाई नै प्राथमिकतामा राखेको छ । जवकी भारतमा यो नरुचाइएको फोन हो । मोबाइल भिसेभेन नेपाली बजारमा आएको छ । जवकी भारत लगायतका देशमा भी सेभेन प्लस आइसकेको छ । भारतमा भी सेभेन प्लस आएपछि नबिकेका मोबाइलहरु नेपालमा धमाधम ल्याउने तयारी भइरहेको स्रोतकोद आवी छ ।
यो मोबाइल भिभोको भि श्रेणीको नयाँ उत्पादन भएको कम्पनीको दाबी भएपनि यो मोबाइल किन्नु ओप्पोजस्तै पैसाको सत्यानास मात्र भएको भिभोका बारेमा जानकारहरु नै बताउँछन् । कम्पनीका अनुसार मोबाइलमा २४ मेगापिक्सेल क्यामरा छ । तर यो मोबाइलले २४ मेगापिक्सेल भएको भनिए अनुसारको फोटो खिच्दैन भन्दै कतिपय फोरमहरुमा भारतीय प्रयोगकर्ताले समेत आक्रोश पोखेका छन् ।  मोबाइलमा फेस ब्यूटि ७.० फिचरले डिएसएलआर क्यामराले जस्तै कम उज्यालो भएको वातावरणमा पनि सेल्फिलाई चहकिलो बनाउने कम्पनीको दाबी भएपनि सो गलत भएको कुरा विभिन्न फोरमहरुमा भारतीय प्रयोगकर्ताले राखेका छन् ।
(यो मोबाइलका बेफाइदा, समस्या लगायतका तथ्य सहितको खास रिपोर्ट आगामी अंकमा प्रस्तुत गर्नेछौं ।) 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी