Skip to content
LAXMI SUNRISE BANK

सेञ्चुरी बैंक र अनिल शाहबीचको ‘तलव काण्ड’ मिलाउन राजनीतिक लविङ सुरु, चिन्तामणिकहाँ अड्कियो कुरो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- सेञ्चुरी बैंकको असारको वासलातका आधारमा सीइओको तलव निर्धारण हुनुपर्ने ठाउँमा बैंकले मनपरी ढंगले अनिल शाहसँग गैरकानुनी तलव दिने सम्झौता गरेको समाचार अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि नेपाल राष्ट्र बैंकले विशेष चासो देखाएको थियो । राष्ट्र बैंकले नियम अनुसार तलव लिएर मात्र शाह सेञ्चुरी बैंकको सीइओ हुन सक्ने राय घुमाउरो पारामा राखेपछि अहिले सेञ्चुरी बैंक र अनिल शाह दुवै तनावमा परेका छन् ।
यस्तो छ सेञ्चुरी बैंकको राष्ट्र बैंकमा लविङ ! 
सेञ्चुरी बैंकले नेपाल राष्ट्र बैंकलाई अनिल शाहको तलवको केसमा असार नभई हालको बैंकको वित्तीय स्थितिलाई हेरेर तलव स्वीकृत गर्न आग्रह गरिरहेको छ । बैंकले अनिल शाहलाई करिव साँढे १४ लाख तलव दिने सम्झौता गरेको छ भने अनिल शाहले नियम अनुसार ९ लाख ९ हजार हाराहारी मात्र तलव लिन पाउँछन् । महिनाको ५ लाख भन्दा बढी फरक पर्ने भएपछी अनिल शाह आफुलाई घाटा हुने भन्दै यो प्रकरण मिलाएर मात्र बैंकमा अगाडी बढ्ने वातावरण मिलाउन लविङ गरिरहेका छन् । यसो त उनी र बैंक संचालक समितिबीच तलव घटाएर नै आउने सहमति भएको चर्चापनि बाहिर आएको थियो । तर त्यो तथ्य सार्वजनिक भएपछी अहिले सकेसम्म नेपाल राष्ट्र बैंक तहबाटै यो ‘इस्यू’लाई समाधान गरेर मात्र अगाडी बढ्ने तरखरमा बैंक संचालक समिति छ ।

 बैंकले अनिल शाहलाई करिव साँढे १४ लाख तलव दिने सम्झौता गरेको छ भने अनिल शाहले नियम अनुसार ९ लाख ९ हजार हाराहारी मात्र तलव लिन पाउँछन् ।

चिन्तामणि सिवाकोटीकहाँ अड्कियो फाइल !
स्रोतले दिएको जानकारी अनुसार सेञ्चुरी बैंक नेकपा एमालेका नेताहरुको सोर्स फोर्स लगाएर अनिल शाहको तलव प्रकरणलाइ राष्ट्र बैंकबाटै मान्यता दिलाउने प्रयास गरिरहेका छन् । यसैबीच उक्त अनुरोध सहितको फाइल  फाइल अहिले चिन्तामणि सिवाकोटीकहाँ पुगेर अड्किएको छ । यता नेपाल राष्ट्र बैंकका उच्च तहका कर्मचारीहरुले नै अनिल शाहका लागि नियम नै फेर्न नहुने भन्ने अडान राखेपछि यो प्रकरणलाइ मिलाउन अझै गाह्रो भएको छ । यस अघि ग्लोबल आइएमइ बैंकका तत्कालीन सीइओ रत्न राज बज्राचार्यले यस्तै प्रकरण आएपछि एक बर्ष बैंकबाट तलव नै नलिइ काम गरेको इतिहास भएको भन्दै नेपाल राष्ट्र बैंकका कर्मचारीले कोहि व्यक्ति विशेषका लागि नयाँ नियम नबनाउन दवाव दिइरहेका छन् । यस विषयमा चिन्तामणि सिवाकोटीलाइ फोन गरेर बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । यद्यपी राष्ट्र बैंक स्रोतले भने चिन्तामणि सिवाकोटीकहाँ गएर नै कुरा अड्किएको जानकारी दिएका छन् ।                
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK