
काठमाडौं – विवेकशील साझा पार्टीका संयोजक एवम् काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधी सभाका उम्मेदवार रविन्द्र मिश्र र नेतृ रञ्जु दर्शना न्यौपानीबीच एमालेलाई समर्थन गर्ने विषयमा ठूलो विवाद भएको छ ।
मिश्रले एमालेलाई समर्थन गरेर जाने विषयमा कुरा राखेपछि रञ्जुले त्यसको विरोध गरेकी हुन् । नेकपा (एमाले) निर्वाचनमा कथंकदाचित सानो पार्टी भयो भने विवेकशीलले संसदमा वा प्रतिनिधी सभामा समर्थन गर्नुपर्ने प्रस्ताव पार्टीभित्र राखेपछि रञ्जुले ठाडै अस्वीकार गरेकी हुन् ।
उता, मिश्र र रञ्जुबीच एमालेलाई समर्थन गर्ने विषयमा विवाद भएको थाहा पाएपछि बाम गठबन्धन भित्र खैलाबैला भएको छ । लोकप्रिय युवा नेतृत्व रञ्जुले एमाले जस्तो १ नं. भ्रष्ट पार्टीलाई कुनै पनि हालतमा समर्थन गर्न नसकिने बताएकी हुन् । ‘एमाले भ्रष्ट पार्टी हो’, रञ्जुलाई उदृत गर्दै स्रोतले भन्यो, ‘रविन्द्र मिश्रजीले एमाले र केपी ओलीप्रति नरमभाव देखाउन थालेपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ ।’
काठमाडौं क्षेत्र नं. १ बाट पराजित हुने निश्चित भएपछि विवेकशील साझा पार्टीका संयोजक मिश्रले एमाले र केपी ओलीसँग लाभ लिएर अगाडि जाने हो कि भनेर पार्टीमा प्रस्ताव गरेका थिए । मिश्र पछिल्लो समय एमालेका अध्यक्ष ओलीसँग निकट बन्दै गएको उनको व्यवहारबाट देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्