×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘होल बडी चेकअप’ गर्दा कुन अस्पतालको शुल्क कति ? कुन महँगो, कुन सस्तो ? (शुल्कको विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘होल बडी चेकअप’ गर्दा कुन अस्पतालको शुल्क कति ? कुन महँगो, कुन सस्तो ? (शुल्कको विवरणसहित)

२७ मंसिर २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- बेलाबेलामा स्वास्थ्य परिक्षण गर्नु निकै राम्रो कुरा हो । यसले आफ्नो शरीरमा कहाँ के समस्या छ भन्ने पनि थाहा दिन्छ । यसो त होल बढी चेकअप गराउनेहरु पछिल्लो समय बढेका पनि छन् । आजको अंकमा हामीले कुन अस्पतालमा पूरै शरिर जाँच गर्दा कति रकम लाग्छ भन्ने कुरा पस्किन थालेका छौं ।
काठमाडौँमै महँगो भनेर कहलिएको नर्भिक अस्पतालमा १५ देखि ४० वर्षको उमेरका मानिसले होलबडी स्वास्थ्य परीक्षण गर्दा पुरुषका हकमा ६ हजार शुल्क लाग्छ भने महिलाको हकमा भने केही महँगो पर्छ । सुगर, ब्लडप्रेसरका बिरामीले भने भित्री परीक्षण गर्नुपर्ने र थप शुल्क लाग्छ । यो हुनेखानेहरुका लागि मात्र बनेको अस्पताल भन्दा पनि अतियुक्ति हुँदैन ।
यस्तै महँगो मानिएको अर्को अस्पताल ओम अस्पतालमा पुर्ण स्वास्थ्य परीक्षण गर्दा पुरुषको हकमा १५ हजार पाँचसय र महिलाको हकमा १४ हजार ६ सय रुपैयाँ लाग्छ । यता अल्का अस्पताल जावलाखेलमा सामान्य मानिसको हकमा २ हजार ९ सय ७०, र ब्लडपे्रसरका बिरामीको हकमा ४ हजार ९ सय ७० रुपैयाँ शुल्क लाग्छ । मुटु रोग, सुगर भएका बिरामीको हकमा होलबडी परीक्षण गर्दा ७ हजार १ सय रुपैयाँ लाग्छ । 
यता केहि समय अगाडी मात्र सरकारी निकायले गरेको छापामा बढी शुल्क लिएको भेटिएको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा होलबडी स्वास्थ्य परीक्षण गर्दा प्रारम्भिक चरणमा २ हजारदेखि थप चरणमा १७ हजार सम्मको प्याकेज रहेको छ। दुई हजारमा रगतको परीक्षण गरिने र मुटु किड्नीको पनि सामान्य चेकजाँच हुने गर्छ। १७ हजारको प्याकेजमा प्रत्येक अंगहरुको भित्री परीक्षण गर्न सकिने बताइएको छ ।
यता वयोधा अस्पताल बल्खुमा होलबडी स्वास्थ्य परीक्षण गर्दा पुरुषको लागि लागि १२ हजार पाँचसय र पहिलाको ११ हजार पाँचसय लाग्छ भने काठमाडौंस्थित महाराजगंजमा रहेको टिचिङ अस्पतालमा विभिन्न ठूला रोगको उपचार पनि हुने गरेको छ। होलबडी स्वास्थ्य परीक्षण गर्दा जम्मा २ हजार ४ सय ५० रुपैयाँ शुल्क तोकिएको अस्पतालले जनाएको छ ।
अर्ध सरकारी अस्पताल सिभिल अस्पतालमा होलबडी स्वास्थ्य परीक्षण गर्दा ३ हजार २ सय ६५ रुपैयाँ शुल्क लाग्दछ । यता ललितपुर ग्वार्कोमा रहेको बी एण्ड बी अस्पतालमा पूरै शरीर जाँच्नु परेको खण्डमा ३ हजार पाँच सय रुपैयाँ लाग्दछ । यता सुमेरु अस्पतालमा होलबडी स्वास्थ्य परीक्षण गर्दा सामान्य मानिसलाई ४ हजार पाँचसय ५० रुपैयाँ शुल्क लाग्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी