×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अडिटर सापहरुलाई चुनाव लाग्यो, एक्यानमा फेरि हुनेभो ‘लम्साल-पाण्डे’को भाले भीडन्त !

GLOBAL IME BANK

अडिटर सापहरुलाई चुनाव लाग्यो, एक्यानमा फेरि हुनेभो ‘लम्साल-पाण्डे’को भाले भीडन्त !

१७ माघ २०७४, बुधबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • सुरज प्याकुरेल / सिए सरोकार डटकम 

काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्स् संघ (एक्यान) को चुनाव नजिकिंदै गर्दा विभिन्न प्रतिष्पर्धीहरुको चर्चा चुलिंदै गएको छ । तर अघिल्लो कार्यकालमा पनि सबैभन्दा बढी चर्चाको विषय बनेको सन्तोष लम्साल र दीपक पाण्डेबीचको भीडन्त यसपाली पनि सतहमै देखिने भएको छ । एक्यानलाई नै दुइ चिरामा गुटबन्दी गर्ने हैसियत राखेको यो जोडीले फेरि पनि सेलाएको एक्यानको माहोल तताउने पक्का छ । केहि समय अघिसम्म आफु पुन: एक्यानमा नदोहिरिने बताएका लम्सालले एकाएक सामाजिक सञ्जालमा आफु उपाध्यक्षका लागि लड्ने भन्ने स्ट्याटस पोष्ट गरेपछि अहिले यो भीडन्तको चर्चा शिखरमा छ ।      
पाण्डे कहाँ अब्बल छन् ? कहाँ चिप्लिएका छन् ?
यसो त एक्यानको अघिल्लो चुनावमा दीपक पाण्डेले निकै राम्रो छवि बनाएका थिए । ‘मैले जीते ठिक छ, हारें भने साथीहरुले समेत एक्यान बहिस्कार गर्छन्’ भन्ने आशय बोकेर सन्तोष लम्साल दादागिरी शैलीमा चुनाव स्थलमै उत्रिंदा दीपक पाण्डेले निकै भलादमी पाराले हार स्वीकारेका थिए । चिट्ठामा हारेपछि पनि दीपक पाण्डे सन्तोष लम्साललाई अंकमाल गर्न तम्सिएका थिए । उनले दिएको ‘स्पीच’ र लम्सालको ‘स्पीच’ मा आकाश जमिनको फरक भएको चर्चा त्यतिबेला नै चलेको थियो । उनले त्यतिबेला बनाएको छविका कारण पनि एक्यान नेतृत्वमा पाण्डे पुग्नुपर्छ भन्ने आवाज बुलन्द हुँदै गएको छ ।  
यद्यपी यति राम्रो छवि  बनाएका दीपक पाण्डे आइसीएआइलाइ मान्यता खारेज गर्ने प्रकरणमा चिप्लिए । त्यतिबेला उनले उत्तेजित भएर बोलेको भिडियो सामाजिक संजालमा ‘भाइरल’ भयो । जुन बोलीकै कारण अहिलेसम्म पाण्डेलाई मन नपराउने आइक्यानका सिएहरुको केहि समूहहरु छन् । भइसकेको निर्णयबारे त्यसरी नबोली दिएको भए यसपाली पाण्डेको जीत ‘स्यूओर सट’ जस्तै थियो । यद्यपी यसपाली उनको सम्भावना लम्सालको भन्दा बढी पक्कै छ । एक्यानमा भारतीय बोर्डका बढी सदस्य हुनु, नेपाल बोर्डकै सिएले पनि गत एक्यानको चुनावदेखि  लम्साललाई गलत नजरले हेर्नु लगायतका कारणले यसपालीको पल्ला पाण्डेको पक्षमा भारिनै देखिन्छ । तर उनलाई आइक्यान प्रकरणमा बोलेको कुरा भारि भएको कुरा पक्का हो । सन्तोष लम्सालले गतिलो काम नगर्दा र गलत व्यवहार प्रस्तुत गर्दाको फाइदा पाण्डेलाई परेको छ ।
यसकारण कमजोर छैनन् लम्साल, तर व्यवहार हुनसक्छ भारि !
यसो त सन्तोष लम्साल कमजोर ‘क्यान्डीडेट हुँदै होइनन् । उनलाई अहिलेको एक्यान नेतृत्वको समेत साथ छ । जसरी गत चुनावमा एक्यानको नेतृत्व पाण्डेको पक्षमा थियो, त्यस्तै यसपाली एक्यानका अध्यक्ष भित्री रुपमा लम्साललाई जिताउन लागि परेको चर्चा छ । त्यतिमात्र होइन, प्रकाश लम्साल गुट, र दीपक पाण्डेको स्पीचपछी बिच्किएका आइक्यान बोर्डका सिएहरुको ठुलो समूह लम्सालको पक्षमा छ । त्यतिमात्र होइन, लम्सालको चुनावी दौड भित्र-भित्रै निकै माथि पुगीसकेको छ । 
गत चुनावमा पनि उनले थुप्रैको सदस्यता नवीकरण गरिदिएको चर्चा चलेको थियो । यसपाली पनि उनले उक्त काममा ठुलै रकम खर्च गर्दैछन् । हरि सिलवाल नेतृत्वमा पुगेपछि एक्यान अनौपचारिक रुपमा फुटिसकेको अवस्था छ । एक्यानको छवि नधमिलियोस् भन्ने हेक्का राखेपनि नेपाल बोर्डको छुट्टै अनौपचारिक समूह बनीसकेको छ । जसले नेपाल बोर्डकै प्रोडक्टलाई साथ दिनेमा कुनै शंका छैन । यसकारण पनि उनको सम्भावना बलियो छ ।
तर गत एक्यानको चुनावमा उनले देखाएको व्यवहार, एक्यानमा गरेको काम, महासचिवको हैसियतमा बिर्सिएका केहि मर्यादाहरु सम्झने हो भने उनलाई आइक्यानका प्रोडक्ट होइन उनका आफ्नै पार्टनरले पनि भोट हाल्नुअघि २ पटक पक्कै सोच्ने अवस्था छ । यसकारण पनि गत चुनावमा उनका लागि आएका सबै भोट यसपाली उनलाई नै आउने कुरामा शंका छ । अर्को महत्वपूर्ण पक्ष भनेको उनले एक्यानमा गएर खास काम गरेर देखाउन सकेनन् । यसो त नेतृत्वको खरो व्यवहार, र एक्यानलाई ‘हाइकिङ सेन्टर’ बनाउने नेतृत्वको कामले उनलाई पनि समस्या पारेकै छ । भरत रिजालको नेतृत्वको एक्यान र हरि सिलवाल नेतृत्वको एक्यानलाइ राम्रोसंग बुझेकाहरुले उनला भोट नहाल्ने पक्कापक्की छ ।
अर्कोतर्फ एक व्यक्ति एक पेशाको नीति पर सर्न लाग्दा उनी र उनको नेतृत्व मौन बसेको कुरा सबैले बुझेका छन् । आइसीएआइ मान्यता खारेज प्रकरणमा पनि एक्यान बोल्नुको सट्टा नेतृत्वले, ‘म ज्योतिष हो र ?’ भन्दै दिएको गैरजिम्मेवार अभिव्यक्ति उनका लागि भारी पर्ने स्पष्ट छ । समग्रमा भन्दा आइसीएआइबाट पास हुने सिएहरु मध्ये उनी नजिकका केहि र प्रकाश लम्सालका वरपरका मान्छे बाहेक उनलाई भोट दिनेको संख्या कम हुने पक्का छ ।
यद्यपी चुनाव लोकतान्त्रिक अभ्यास हो । सन्तोष लम्साल नउठेको भए उपाध्यक्षमा दीपक पाण्डे निर्विरोध जस्तै हुन्थे । लोकतन्त्रको त्यो सुन्दरतालाई लम्सालले कायम गराउने प्रयास गरेका छन् । जसले जितेपनि काम राम्रो गरे सबैको भलो हुन्छ । दुबैलाई हाम्रो तर्फबाट शुभकामना !                       
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: