×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

EXCLUSIVE: पोखरामा नक्कली अडिटरको बिगबिगी, अडियोमा सुन्नुहोस् यसरी हुन्छ मोलमोलाई !

PRIME CA

EXCLUSIVE: पोखरामा नक्कली अडिटरको बिगबिगी, अडियोमा सुन्नुहोस् यसरी हुन्छ मोलमोलाई !

१६ माघ २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- पोखरामा नक्कली अडिटरहरु सल्बलाएको पाइएको छ । नेपाली लेखा व्यवसायको नियामक संस्था नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को सदस्यता नभएका तर विज्ञापनका भरमा ‘क्लाइन्ट’ बटुलेर दलाली गर्ने र रजिष्टर्ड अडिटरहरुलाई सहि गर्न लगाएर ‘गैरकानुनी’ काम गर्नेहरु पोखरामा ह्वात्तै बढेका छन् । जसका कारण एकातर्फ लेखापरिक्षण औपचारिकताका लागि मात्र हो भन्ने गलत सन्देश जनमानसमा गएको छ भने अर्कोतर्फ ‘फेक’ बितीय विवरण बुझाउने कार्य पनि बढेको छ । 

नक्कली अडिटरको दावी, ‘पोखाराका प्राय काम हामी गर्छौं’
पोखरामा नक्कलीहरुको यतिसम्म दबदबा छ कि उनीहरुकै हातमा पोखराका अधिकांस क्लाइन्टहरु छन् । पोखराका अधिकांस अटो मोबाइल क्षेत्रका कम्पनीहरु यस्तै नक्कली अडिटरको भर परिरहेका छन् । तीनै कम्पनी मध्येको एक हो, ‘ठाकुर कन्सल्टेन्सी फर्म’ नेपालमा लेखा व्यवसाय सम्बन्धी नियमन गर्ने संस्था आइक्यानको नियम अनुसार नेपालमा लेखा व्यवसाय संचालन गर्न अनिवार्य रुपमा आइक्यानको सदस्य हुनुपर्ने भएपनि गैरकानुनी रुपमा गैर सदस्यहरुबाट यस्तो काम भइरहेको छ । 
ठाकुर कन्सल्टेन्सी फर्मले खुलेआम रुपमा लेखा परिक्षण गर्छौं भन्दै फेसबुकमा समेत बिज्ञापन गरेको छ । जवकी यस्तो काम गर्न आइक्यानले बन्देज लगाएको छ । उक्त कम्पनी’फर्म’ को स्पेलीङ समेत नआउने, र भ्याट समेत VATA भनेर लेख्ने ‘बुझ्रुक’हरुको झुण्डले चलाएको बुझ्न गाह्रो छैन । तर पूरै बजार खाएको दावी गर्ने यस्ता दलालहरुलाई कारवाही आइक्यानले नगर्दा यस्ता नक्कली अडिटरहरुले बजारमा दबदबा बढाईरहेका छन् ।
अडिटको यसरी हुन्छ मोलमोलाई ! आइक्यानको कुरैमात्र ठुला !
आइक्यानले यसरी नक्कली अडिटरलाई कारवाही गर्ने गफ पटक पटक दिने गरेको छ । यहि विषयमा आइक्यानले विभिन्न कार्यक्रमपनि गर्छ । तर कोठे भाषणमा सिमित हुने आइक्यानले यस्ता कामहरुलाई निरुत्साहित गर्न नसक्दा अडिटरको छविपनि बिग्रिरहेको छ । हामीले उनीहरुको राय बुझ्न नक्कली ग्राहक बनेर उनीहरुलाई फोन गरेका छौं । हेर्नुहोस् यसरी गर्छन् नक्कली अडिटरले मोलमोलाई !    

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: