
काठमाडौँ – कार्यसम्पादन मूल्यांकन किर्ते गरेको अभियोगमा पक्राउ पुर्जी जारी नुहँदै मलेसिया पुगिसकेका नेपाल प्रहरीका पूर्वडिआईजी एवं ललितपुर–१ का एमाले सांसद नवराज सिलवाल तत्काल स्वदेश नफर्कने भएका छन् ।
सिलवाल एक कार्यक्रममा सहभागी हुने भन्दै हाल मलेसियाको क्वालालम्पुरमा छन् । उनी बाम गठबन्धनको सरकार नबन्दासम्म नेपाल नफर्कने पारिवारिक स्रोतले जनाएको छ । कुनै चमत्कार नभए बाम गठबन्धनबाट एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने करिब निश्चित छ । ओली प्रधानमन्त्री भएपछि नेपाल आउँदा लफडाबाट मुक्त हुन सजिलो हुने ठानेर सिलवाल त्यतिञ्जेल उतै बस्ने तयारीमा छन् । श्रोतका अनुसार सिलवाल अमेरिका जाँदैछन् ।
लामो समय संयुक्त राष्ट्रसंघीय मिसनमा समेत काम गरिसकेका सिलवालसँग अमेरिकाको ‘मल्टिपल’ भिसा छ । सर्वोच्च अदालतले प्रहरी प्रमुख नियुक्तिका बेला अरु दाबेदारमध्ये आफू अब्बल रहेको दाबीसहित प्रमाणका रुपमा पेस गरेको कार्यसम्पादन मूल्याङ्कन किर्ते भएको दाबीसहित छानबिन गर्न निर्देशन दिएपछि महानगरीउ प्रहरी परिसर काठमाण्डुले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । काठमाण्डु परिसरले सिलवाललाई पक्राउ गरेर बुझाउन पक्राउ पुर्जी ललितपुर परिसरमा पठाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्