
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- आफ्नो दादागिरीबारे समाचार सार्वजनिक भएपछि सानीमा क्यापिटलले लगानीकर्तालाई बोलाएको छ । आफ्नो सुचना विपरित कर उठाएको कम्पनीले कम्पनीको दादागिरीबारे अर्थ सरोकार डटकममा समाचार प्रकाशित भएपछी लगानीकर्तालाई डाक्दै यस विषयमा कुरा टुंग्याउने आश्वासन दिएको छ । कम्पनीका उच्च तहका कर्मचारीले फोन गर्दै लगानीकर्ताहरुलाई मिडियामा जाँदा आफ्नो बेइज्जत भएको भन्दै कुराकानीबाटै यो विषयलाई टुंग्याउने बताएका छन् ।
भएको के हो ?
सानीमा क्यापिटलले आफैं २०७३/०९/२८ सम्म सेयर किन्नेले वोनसमा कुनै कर तिर्नु पर्दैन भन्दै सार्वजनिक सुचना जारी गरेको थियो तर एक लगानीकर्ताले २०७३/०७/०९ मा किनेको सेयरमा बोनसमा करको भार बोकाएर आफैंले जारी गरेको सुचनाको बर्खिलाप गरेको हो । यहि प्रकरणमा परेकाहरुमध्ये एक नवराज घिमिरेबारे समाचार प्रकाशित भएपछि उनलाई बोलाउँदै कम्पनीले कुराकानीमा नै आफ्नो गल्ती सच्याउने बताएको छ । उनले २०७३ कार्तिक ९ गते मंगलवार दशमी तिथीका दिन सेयर खरिद गरेका थिए ।
यसैबीच सानिमा क्यापिटलले जारी गरेको सार्वजनिक सुचनामा २०७३/०९/२८ गते सम्म सेयर खरिद गर्ने लगानीकर्ताले कर तिर्नु पर्ने छैन भन्ने सुचना जारी गरेको थियो । तर सानिमा क्यापिटलले जारी गरेको Bo id हालेर चेक गर्नुहोला भनेर जारी गरेको वेव साईटमा जांच गर्दा ८७४१.६ कर तिर्नुपर्छ भन्ने देखाएपछी क्यापिटलले गरेको यस्तो अन्याय बाहिर आएको हो । यसले सानीमा क्यापिटल आफ्ना सेवाग्राहीप्रति कतिसम्म जिम्मेवारहीन रहेछ भन्ने कुरालाई प्रमाणित गरेको छ ।
यस विषयमा बुझ्न खोज्दा कम्पनीका सीइओ मनिष जोशीलाई सम्पर्क हुन सकिरहेको छैन ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्