×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कुलिङ पिरियड’ प्रकरण : ‘नियम’ त मिच्नेहरुकै लागि रहेछ, ‘नैतिकता’ बिक्नेहरुकै लागि रहेछ… (सम्पादकीय)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘कुलिङ पिरियड’ प्रकरण : ‘नियम’ त मिच्नेहरुकै लागि रहेछ, ‘नैतिकता’ बिक्नेहरुकै लागि रहेछ… (सम्पादकीय)

Artha Sarokar

२० माघ २०७४, शनिबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
निमायकको अर्थ के ? सामान्यतया जो कोहिले बुझ्ने भाषामै भन्ने हो भने पनि नियामक त्यो हो, जसले नियमन गर्छ । र नेपाली बैंकिङ क्षेत्रको नियमनकारी निकाय अर्थात नियामक नेपाल राष्ट्र बैंक हो । नेपाली बैंकिङ क्षेत्रलाई मर्यादित बनाउने यसको काम हो । र यसकै लागि राष्ट्र बैंकले विभिन्न सर्कुलरहरु जारी गर्छ । र तीनै सर्कुलरमध्येको एक थियो ‘कुलिङ’ पिरियडको सर्कुलर । जसको अहिले नेपाल राष्ट्र बैंकले जारी गरेका सर्कुलरहरुमध्ये सबैभन्दा बढी धज्जी उडाईएको छ ।
एउटा बैंक छोडेर त्यहाँको सीइओ अर्को बैंकमा जाँदा ‘बिजनेश’ र ‘स्टाफ’ लैजाने गलत परिपाटी केहि हदसम्म भएपनि अन्त्य होस् भन्ने हेतुका साथ यो सर्कुलर जारी गरिएको थियो । तर त्यसको छिद्रलाई टेकेर अनिल शाह तलव र पद दुवै घटाएर नबिल बैंकको डेपुटी सीइओ बन्न पुगे । जुन नेपाल राष्ट्र बैंकको सर्कुलर जारी गर्दा न जारी गर्नेले सोचेको थियो, न सर्कुलर पढ्नेले सोचेका थिए ।
तर आफैं गिरेपछी कसको के लाग्दो रहेछ र ? पद र पैसा दुवै घटाएर बच्चाले चकलेट खान जे पनि गरेकोजस्तै गरी अनिल शाह अन्तत नबिल जाने नै भए । उनी पद घटेरै नबिल जाने भएपछि नेपाल राष्ट्र बैंकभित्र कुलीङ पिरियडको मुद्धा उठाउनेहरु त अचम्ममा छन् नै नेपाली बैंकिङ क्षेत्रमा नैतिकताको खडेरी सुरु भएको चर्चा पनि उतिकै हुन थालेको छ । त्यो चाहे नेपाल राष्ट्र बैंकमा होस्, चाहे अन्य बैंकहरुमा ।
अव बैंकिङ क्षेत्रमा चासो राख्ने हरेकले बुझीसके, ‘नियम भनेको मिच्नेहरुकै लागि रहेछ । चाहे त्यो नियम मिच्न कुनै पनि छिद्र प्रयोग गर्नु परोस् । र नैतिकता भन्ने चीज बिक्नेहरुकै लागि रहेछ । नबिक्नेहरुका लागि त नैतिकता यसै पनि ताजा नै रहने भयो नि !’ अनिल शाह प्रकरण वा त्यसमा पनि कुलिङ पिरियड प्रकरणबाट अव नेपाल राष्ट्र बैंकले पनि पाठ सिक्नुपर्छ । सर्कुलरका अनेक छिद्रहरु प्रयोग गरेर अनिल शाहजस्ता व्यक्तिहरुले जे पनि गर्दारहेछन् भन्ने कुरा अव राष्ट्र बैंकले बुझ्नुपर्छ । घरमा स्याल पस्यो भनेर ढोका बन्द गर्दा कतै झ्याल पो खुल्लै छ कि भन्ने तथ्य अव नेपाल राष्ट्र बैंकले सोच्नैपर्छ ।
अनिल शाह प्रकरणमा अर्थ सरोकारको ‘समाचार-सिरिज’ 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी