×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

EXCLUSIVE : सीइओ बन्न नपाएपछी डेपुटी सीइओ बनेर नबिल जाँदैछन् अनिल शाह, भित्री कारण यस्तो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- ‘कुलिङ पिरियड’का कारण नबिल बैंकमा सीइओ भएर जान नपाएपछि अव अनिल शाह डेपुटी सीइओको रुपमा नबिल जाने भएका छन् । नबिल बैंकका एक सञ्चालकले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार सीइओ बन्न नमिलेपछि उनलाई पहिला डेपुटी सीइओमा ल्याउने र पछी सीइओ बनाउने गरी सहमति भइसकेको छ । डेपुटी सीइओका लागि ‘कुलिङ पिरियड’ नीति लाग्नेबारे राष्ट्र बैंकको सर्कुलर मौन रहेकाले नबिलले उनलाई डेपुटी सीइओ बनाएर लैजाने र त्यसपछि शाहलाई सीइओ बनाउने गरी शाह र बैंकको संचालक समितिबीच अनौपचारिक सहमति भइसकेको छ । 
मेगाले कार्यकाल नथप्ने भएपछि हतार हतार सेन्चुरीसँग सीइओ बन्ने सम्झौता गरेका शाहले गैरकानुनी तलव सम्झौता गरेको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि उनी नबिल बैंकको सीइओमा नियुक्त भएका थिए । तर नबिलले उनलाई सीइओ बनाउने निर्णय गरेपछि राष्ट्र बैंकबाट कुलिङ पिरियड नीति आएको थियो । त्यसपछि शाह तत्काल कुनै पनि बैंकको सीइओ बन्न नमिल्ने भएपछि बैंकले उनको सीइओको नियुक्ति खारेज गरेको थियो । 
‘तत्कालका लागि उनलाई डेपुटी सीइओ बनाएर लैजाँदैछौं । त्यसपछि आउँदो जेठमा कुलिङ पिरियड सकिएपछि उनलाई सीइओ बनाउने हो ।’ नबिलका एक संचालकले अर्थ सरोकार डटकमसंग भने । उनका अनुसार डेपुटी सीइओ पदमा जान शाह पनि राजी भइसकेका छन् । ‘राजी नभएर के गर्नु ? अव उनको नबिलबाहेक अन्त राम्रो विकल्प छैन ।’ ती संचालकले भने । यसबारे अनिल शाहसँग बुझ्न खोज्दा भने उनीसँग सम्पर्क हुन सकेन ।
यद्यपी यसरी कुनै बैंकको सीइओ डेपुटी सीइओ बनेर अर्को बैंकमा केहि समयका लागि जाने, अनि फेरी ६ महिनापछि सीइओ बन्दा ‘कुलिङ पिरियड’ को के अर्थ भयो र ?’ भन्ने प्रश्न उठ्न सक्छ । नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीलाई हामीले यहि प्रश्न गर्दा ती अधिकारीले भने, ‘अव नैतिकता नै त्यागेर, घुंडा नै टेकेर कोहिलाई सीइओ बन्नुछ भने त हामी के नै गर्न सक्छौं र ? तर अनिल शाहले त्यसो गरे भने कुलिङ पिरियडमा कुनै एक बैंकको सीइओ अर्को बैंकमा कुनै पनि पदमा जान नपाउने सर्कुलर जारी गर्नुपर्छ भन्ने छलफल म चलाउँछु ।’                      
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: