×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धीरज राज सुवेदी बने जनता बैंकको सीएफओ, नेपाल बंगलादेश बैंकबाट औपचारिक विदाई !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

धीरज राज सुवेदी बने जनता बैंकको सीएफओ, नेपाल बंगलादेश बैंकबाट औपचारिक विदाई !

१८ माघ २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- करिव ६ बर्ष नेपाल बंगलादेश बैंकमा कार्यरत सिए धीरज राज सुवेदी जनता बैंकमा सीएफओमा नियुक्त भएका छन् । जनता बैंकका सीएफओ सिए अनील रेग्मी सेन्चुरी बैंक गएपछि सुवेदी जनता आएका हुन् । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट सिए उतीर्ण गरेका सुवेदी नेपाल बंगलादेश बैंकमा कम्पनी सचिव समेत थिए । 
जनता बैंक जाने भएपछि उनले बुधबार नेपाल बंगलादेश बैंकबाट औपचारिक विदाई लिएका छन् । करिव ६ बर्षको नेपाल बंगलादेश बैंकसँगको यात्रामा सययोग दिने सबैलाई धन्यवाद दिंदै उनी औपचारिक रुपमा बैंकबाट बिदाइ भएका छन् । उनी आउँदो आइतबारबाट जनता बैंकमा सीएफओको पद सम्हाल्दैछन् ।
नेपाली सिए क्षेत्रमा निकै मिझासिला व्यक्तित्वको रुपमा चिनिएका उनी केहि समयअघि अध्यापन कार्यमा पनि संलग्न थिए । उनको करियर जनता बैंकमा अझै सफल रहोस्, हाम्रो पनि शुभकामना !
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी