
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- चर्चित भारतीय कार्यक्रम ‘कुन बनेगा करोडपति’ नेपालमा पनि खुब चर्चित र धेरैले हेर्ने कार्यक्रम हो । ‘हु वान्ट्स टु बी मिलिनियर’ को फ़्रेन्चाइज् यो कार्यक्रम अव नेपालमै प्रशारण हुने भएको छ । अर्थात नेपाली भर्जन ‘को बन्छ करोडपति’ कार्यक्रम अव नेपालमै आउने भएको छ । यहि आउँदो २०७५ साल बैसाखबाट एपीवान टेलिभिजनबाट उक्त कार्यक्रम प्रशारणमा आउन लागेको हो । यो कार्यकम ‘हु वान्ट्स टु बी मिलिनियर’को फ़्रेन्चाइज् शो हो । दिउँसो एक पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रमको जानकारी दिइएको हो ।
कार्यक्रम राजेश हमालले सञ्चालन गर्नेछन् । ‘कौन बनेगा करोडपति’ कै शैलीमा कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रममा विभिन्न प्रश्न सोधिने र सोहि अनुसार रकम जित्ने खेल हुनेछ । एपीवान टेलिभिजनले विभिन्न फ़्रेन्चाइज नेपाल भित्र्याईरहेको छ ।
यस कार्यक्रमले टेलिभिजनप्रति मानिसको सोचलाई नै परिवर्तन गरि उपयोगात्मकतातर्फ ल्याउँछ किनकी यो कार्यक्रम हाँसो, खुशी, भावना, र सबैभन्दा महत्वपूर्ण ज्ञानको साझा प्याकेजका रुपमा प्रस्तुत हुने आयोजकको विश्वास छ । विश्वमा चलेकै ढाँचामा यो कार्यक्रम नेपालमा पनि संचालन हुनेछ । यो कार्यक्रममा दर्ता खुला भएपछि आइभॆआर तथा एसएमएसद्वारा प्रतियोगीहरु छानिन्छन र ती मध्ये १० जना फास्टेस्ट फिङ्गरको लागि चुनिनेछन् ।
चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागिप्रतिस्पर्धा गर्दछन्। ती मध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन्। खेलको बीचमा खेलाडी सहजताको लागि तीनवटा लाइफ लाइन पनि उपलब्ध गराइनेछ । ति अडियन्स पोल, र फोन–अ– फ्रेण्ड हुन्छन्, जसलाई अफ्ठेरो अवस्थामा प्रयोग गर्न सकिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्