
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- सरकारले तोकेभन्दा बढी ‘फोकट’को पैसा असुल्ने गरेको पाइएको नर्भिक अस्पतालको अर्को कर्तुत फेला परेको छ । अस्पताललेको क्यान्टिनको खाना स्वास्थ्यका लागि हानिकारक भएको पुष्टी हुनेगरी अस्पतालको यस्तो कर्तुत बाहिर आएको हो । आफ्नो नियमित स्वास्थ्य परिक्षण गराउने क्रममा राजधानीकै चर्चित नर्भिक अस्पताल पुगेका एक सरोज नामका एक सेवाग्राहीले रिपोर्टहरु पाउन केही समय लाग्ने भएकोले केही खान क्यान्टिन जाँदा भेज फ्राइ राइस सानो तारको टुक्रा फेला पारेपछी यस्तो खुलासा भएको हो ।
उनका अनुसार पहिलो गाँसमै तार परेपनि त्यसलाई वेवास्ता गर्दै खाना खाँदै जाँदा पुन अर्को तार फेला परेको थियो । ‘साधारणतया अस्पतालको क्यान्टिनमा सफा अनि ताजा खाना पाइन्छ भन्ने विश्वाश हुन्छ । यो घटना मैले तुरुन्तै क्यान्टिनको कर्मचारीलाई जानकारी गराएँ । त्यो तारको टुक्रा मेरो घाँटीमा अड्किएको भए के हुन्थ्यो ?’ ती पिडितले पोखेको गुनासो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।
यो पनि पढ्नुहोस् :आपूर्ति विभागकै मिलेमतोमा नर्भिक अस्पतालको ठगीधन्दा, गैरकानुनी शुल्क असुली, अरु कर्तुत त कति हो कति !
‘यो घटना मैले इमेल [email protected] मार्फत् अस्पताल व्यवस्थापनलाई पनि फोटो सहित जानकारी गराएँ। जवाफमा मैले पंकज मखिजा नामबाट “घटना हाम्रो जानकारीमा ल्याइदिनु भएकोमा धन्यवाद, हामी अनुसन्धान गरेर हजुर लाई जानकारी गराउछौँ” भन्ने उत्तर पाएँ।’ उनले भने । तर घटना भएको छ दिन बित्दा पनि कुनै थप जवाफ नआएको भन्दै उनले सचेत हुन सबैलाई आग्रह गरेका छन् ।
यसो त नर्भिक अस्पतालका अन्य थुप्रै कर्तुतहरु पनि एक एक गरी बाहिर आउन थालेका छन् । उपत्यकामा महँगो अस्पतालका रुपमा चिनिएको अस्पतालका यस्ता हर्कतहरु बाहिर आउँदा पनि सरकार र प्रशासन दुवै मौन छन् भने अस्पताल व्यवस्थापन कानमा तेल हालेर बसेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्