
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- सलमान खानको नेपालमा हुने कार्यक्रम स्थगन गर्ने तयारी खान र उनको समूहले गरेको खबर प्राप्त भएको छ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय नायक सलमान खान नेपाल बिरोधि भएको भन्दै नेपालमा हुन लागेको कार्यक्रम असफल बनाउनेभन्दै विज्ञप्ति नै जारी गरेपछि सलमान खानको इन्टर्नेशनल प्रोग्राम कमिटीले यसको रिपोर्ट खानलाई गर्दै कार्यक्रम स्थगन गर्न सुझाव दिएको बुझिएको छ । मदिराको प्रोमोशनका लागि दशौं हजारको टिकट बेचेर नेपालमा सलमानको कार्यक्रम गर्ने कुरा आफूहरुलाई मान्य नहुने भन्दै विज्ञप्ति नै जारी गरेर कार्यक्रमलाइ असफल बनाउने बताएको हो ।
नेकपासम्बद्द अखिल नेपाल जनसाँस्कृतिक महासंघले सोमबार सलमानको कार्यक्रमविरुद्ध औपचारिकरुपमा वक्तव्य जारी गर्ने र त्यो गर्दा पनि कार्यक्रम स्थगित नगरिए आन्दोलनको घोषणा गर्ने जनाएको छ । महासंघका महासचिव खेम थपलियाले नेपाल र नेपालीहरुलाई दुःख पर्दा सहयोग गर्नुको सट्टा सहानुभूतिसमेत प्रकट नगर्नेहरुलाई ल्याएर नेपालमा कार्यक्रम गर्नुको कुनै औचित्य नरहेको भन्दै नेपाली कलाकारहरुलाई उपेक्षा गरेर नेपालविरोधीहरुलाई नचाउने कुरा आफूहरुलाई अमान्य रहेको बताए । ‘सलमान नेपाल र नेपालीको मायाका लागि आउन लागेका होइनन् । नेपाली कलाकारहरुलाई उपेक्षा गरेर विदेशीलाई करोडौं तिरेर राजधानीको मुटुमा नचाउने कुरा कुनै पनि नेपालीलाई मान्य हुँदैन । भूकम्पमा हजारौं नेपाली छटपटाएको बेला सहयोग गर्न इन्कार गर्नेलाई ल्याएर कार्यक्रम गर्ने कुराप्रति हाम्रो घोर आपत्ति छ ’ उनले भने ।
सलमान खानलाई रिपोर्ट, ‘रिस्क छ कार्यक्रम स्थगन गरौँ’
यता सलमान खानलाई पनि कार्यक्रम स्थगन गर्न सुझाव सम्बन्धित उनी निकटका सहपाठीहरुले सुझाव दिएको बुझिएको छ । ‘सलमान खानलाई कार्यक्रम नगर्न सुझाव गइसकेको छ । आफ्नो टिमलाइ नै रिस्कमा राखेर कार्यक्रम नगर्ने कुरामा उनीहरुपनि चिन्तित छन् ।’ स्रोतले अर्थ सरोकार डटकमसंग भन्यो, ‘कुनै विरोधको कार्यक्रम भएको खण्डमा कार्यक्रम नगर्ने कुरामा सलमान खान निश्चिन्त छन् । अझ नेकपाले विज्ञप्तिले जारी गरेर नै कार्यक्रम असफल बनाउने कुरा गरेपछि सलमान खान पनि कार्यक्रम स्थगन गर्ने मुडमा रहेको बुझिएको छ।’
हेर्नुहोस् नेकपाको बिज्ञप्ति !

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्