- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- काठमाडौँमा थाई एयरवेजका कर्मचारीको मृत्यु भएको छ । नेपाल आयल निगमको हवाई इन्धन बोक्ने ट्यांकरको ठक्करबाट उनको मृत्यु भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सोमबार भएको दुर्घटनामा थाई एयरवेजका कर्मचारीको सिनियर टेक्निसियन काठमाडौं कोटेश्वर बस्ने ५५ वर्षीय सानु बनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ भने ट्यांकर चालकलाई नियन्त्रणमा लिइएको छ ।