
- सुरज प्याकुरेल/ अर्थ सरोकार डटकम
काठमाडौँ – नेपाल बैंकर्स संघले गरेको भद्र सहमति नमानेको भन्दै बैंकर्स संघले एनआइसी एसिया बैंकसँग कारोबार नगर्ने गरी गरेको निर्णय बैंक तथा वित्तीय संथा ऐन (बाफिया) विपरित भएको खुलासा भएको छ । संघले गरेको निर्णयपछी बाफिया पल्टाउँदा अर्थ सरोकार डटकमले उक्त निर्णय बाफिया विपरित भएको तथ्य फेला पारेको हो । बैंक तथा वित्तीय संस्था ऐन सेक्सन ५० (१) अन्तर्गत ५० (ज) मा स्पष्टसँग बैंक वा वित्तीय संस्थाहरु एक आपसमा मिली वित्तीय कारोबारमा कुनै किशिमको एकाधिकार वा अन्य किसिमको नियन्त्रित अभ्यास गर्न नपाइने स्पष्ट व्यवस्था छ । तर उक्त व्यवस्था विपरित संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाको व्यक्तिगत रिसइवीका कारण एनआइसी एसियालाई पेल्न खोजिएको खुलासा भएको छ ।
बचत र मुद्धति निक्षेपमा ग्राहकलाई दिइने ब्याजदरमा सीमा नाघेको भन्दै बैंकर्स संघमा आवद्ध बैंकहरुले अन्तर बैंक वित्तीय कारोबार बन्द गर्ने निर्णय भएको हो । शुक्रबार आकस्मिक रुपमा बसेको संघको बैठकले एनआईसी एसियासँग कुनैपनि अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिएका छन् । बैंकले संघको भद्र सहमति नमानेको भन्दै राजीनामा दिनुपरेपछि लक्ष्मण रिसालको सेटिङमा ज्ञानेन्द्र ढुंगानाले बैंकर्स संघमार्फत यस्तो निर्णय गराएका हुन् । गत शुक्रबार संघमा आवद्ध बैंकहरुले बचत खातमा ८ र एक वर्षे मुद्धतिमा ११ प्रतिशतभन्दा बढी ब्याजदर कायम नगर्ने सहमति गरेको भएपनि एनआइसी एसिया बैंकले सो सहमति नमानेको भन्दै संघले यस्तो कठोर निर्णय लिएको हो । यस्तो निर्णय लिनुकोपछि अरु बैंकहरुले एनआइसी एसिया बैंकसँग प्रतिष्पर्धा गर्न नसक्ने हुनु बाध्यता भएको अन्य बैंकरहरु बताउँछन् ।

यता नेपाल राष्ट्र बैंकले समेत यो कदममा हस्तक्षेप गर्ने तयारी गरिरहेको बुझिएको छ । यदी त्यस्तो भएको खण्डमा ज्ञानेन्द्र ढुंगानालाई नैतिक दवावसमेत पर्ने देखिएको छ । ढुंगानाले राष्ट्र बैंक हुँदा हुँदै आफु नै राष्ट्र बैंकजसरी एनआइसी एसियालाई बाइपास गर्दा उनीनै कानुन मिच्ने अभियोगमा बजारमा ‘सिद्धिने’ सम्भावना देखिएको छ । यस विषयमा संघको अर्को बैठक आइतबार बस्ने बुझिएको छ ।
यी सामाग्री छुटे कि ?
ज्ञानेन्द्र ढुंगानाज्यू, ‘तपाईं ‘बोका’ले दाइं हुने भए राष्ट्र बैंक ‘गोरु’ किन चाहिन्थ्यो र ?
ज्ञानेन्द्र ढुंगानाको सेटिङमा बैंकर्स संघको यस्तो निर्णय, २७ बैंकले रोके एनआईसी एसियासँगको कारोबार !
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्