
काठमाडौं – फागुन ३ मा बामगठबन्धनबाट दोस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त भए एमालेका अध्यक्ष केपी शर्मा ओली नियुक्त भएको तीन दिनपछि प्रधानमन्त्री निवास बालुवाटारमा सरे । तर ओली बालुवाटार सर्नुभन्दा अघि माफियाहरु लाखौ खर्च गरी बालुवाटारको सरसफाई गरेको तथ्य खुलेको छ ।
४ फागुनमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार छोडेका थिए । निवर्तमान प्रधानमन्त्रीले बालुवाटार छाडेपछि नयाँ प्रधानमन्त्रीका लागि सरकारी खर्चमा बालुवाटार सरसफाई हुने गरेको छ । तर ओलीको आगमणमा ५० लाख खर्च गरी माफियाहरुले बालुवाटार सरसफाई गरेको तथ्य खुलेको छ ।
एमाले सरकारमा भएका बेला लाभ लिदै आएका यति एयरलाइन्सका मालिक आडछिरिड शेर्पाले बालुवाटार सरसफाई गर्न लगाएका हुन् । बालुवाटार स्रोतका अनुसार देउवाले बालुवाटार छोड्नुभन्दा दुई दिन अघिदेखि उनले सरसफाई थालेका थिए । ओलीका नाममा बालुुवाटारले पनि सरसफाई गर्न दिएको स्रोतले बताएको छ ।
भूकम्पपछि एमाले मुख्यालय बल्खु भत्कियो । पार्टी कार्यालय भत्किएपछि धुम्वाराहीस्थित पासाड ल्हामु प्रतिस्ठानमा एमाले कार्यालय सार्ने पनि शेर्पा नै हुन् । पार्टी कार्यालयलाई घर दिएवापत उनले आफ्नै नातेदार कृपासुर शेर्पालाई पर्यटन तथा नागरिक उड्यनमन्त्री बनाए । कृपासु्रले यति एयरलाइन्सलाई कारवाहीबाट जोगाएर करौडौ नाफा कमाए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्