
पर्वत जिल्लाको मोदी गाउँपालिका ६ गिज्यानमा एनआईसी एशिया बैङ्क नयाँपुल शाखाले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । बैङ्कले शनिवार एकदिने स्वास्थ्य शिविरको आयोजना गरेर सेवा दिएको हो । शिविरमा २ सय ५३ जनाले सुविधा लिएको नयाँपुल शाखाका निमित्त प्रमुख टंकनाथ लामिछानेले जानकारी दिए ।
सपोर्ट नेटवर्क फाउण्डेशन नेपाल, कुश्मा अस्पताल प्रा.लि. तथा स्थानीय अनमोल युवा कल्वसँगको सहकार्यमा उक्त शिविर आयोजना गरिएको हो । बैङ्कले सामाजिक उत्तरदायित्व सेवा अन्तर्गत स्वास्थ्य सेवा शिविर आयोजना गरेको लामिछानेले बताए ।
शिविरमा डा. हेमा छन्त्याल, डा. पाशाङ्ग छिरिङ्ग लामा, दाँत रोग प्राविधिक महेश राज क्षेत्री तथा ल्याव टेक्नीसीयन चोकी थापा मगरले सेवा प्रदान गरेका थिए । उपचारको क्रममा धेरै महिलामा पाठेघर तथा उक्त रक्तचापको समस्या देखीएको डा. हेमा छन्त्यालले बताईन् ।
बैङ्क नाफा आर्जन गर्नेमात्र नभई सामाजिक उत्तरदायित्व बहन गर्ने कुरामा समेत सधैँ तत्पर रहेको बैङ्कका क्षेत्रिय प्रबन्धक दिपेन्द्र शर्माले बताए । बैङ्कले मुलुकभर १८५ शाखा, १८३ एटिएम सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ३ शाखा रहित बैङ्किङ्ग तथा पाँच हजारभन्दा बढी रेमिट्यान्स पेआउट एजेन्टहरु मार्फत जनतालाई सेवा प्रदान गर्दै आएको शर्माको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्