
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले विरोध गर्ने भएपछि सलमान खानको नेपालमा हुने भनिएको कार्यक्रम स्थगित भएको छ । नेपाल कम्युनिष्ट पार्टीले दिएको चेतावनीलाई देखाउंदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको हो । आफू सहभागी हुने कार्यक्रका विषयलाई लिएर एक राजनीतिक दलले विरोध जनाएपछि सलमानले कार्यक्रममा सहभागीता जनाउन नचाहेको बताइएको छ ।
सलमानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौँमा हुने तय भएको थियो । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो।सलमानको कार्यक्रमको विषयलाई लिएर नेकपाको सांस्कृतिक संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघले विरोध गर्दै कार्यक्रम रोक्ने चेतावनी दिएको थियो ।
यसैबीच सलमान खान नेपाल नआउने भएपछि अन्य कार्यक्रम पनि स्थगित भएको छ भने टिकटको पैसासमेत फिर्ता हुने भएको छ । तर टिकट कसरी फिर्ता हुन्छ भन्ने औपचारिक निर्णय हुनभने बाँकी रहेको आयोजक स्रोतको भनाइ छ । उक्त कार्यक्रम स्थगित हुन्छ र सलमान खान नेपाल नआउने निर्णय भइसकेको सुचना पहिलोपटक अर्थ सरोकार डटकमले ब्रेक गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्