×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीबीआइएलका सीइओको दादागिरी -१ : आफ्ना अध्यक्षको समाचार नरोकिएपछि मिडियाको लाखौँ रुपैयाँ पच !

PRIME CA
GLOBAL IME BANK

सीबीआइएलका सीइओको दादागिरी -१ : आफ्ना अध्यक्षको समाचार नरोकिएपछि मिडियाको लाखौँ रुपैयाँ पच !

११ चैत्र २०७४, आईतवार

पढ्न लाग्ने समय: < ३ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – केहि महिनाअघि काठमाडौँबाट संचालन भइरहेको अर्थ सरोकार डटकमका सञ्चालकलाई सीबीआइएल क्यापिटलका सीइओ समिर दाहालले ‘भेट्नु पर्ने काम छ’ भन्दै बोलाए । सिए क्षेत्रमा लामो समय कलम चलाएका पत्रकारलाई अर्को एक सिएले नै बोलाएपछी नजाने कुरै भएन । कर्पोरेट क्षेत्रका हस्तीले बोलाएपछि अनलाइनका सञ्चालकपनि पुगे उनलाई भेट्न । चिनजानका क्रममा सिए क्षेत्रका थुप्रै कुराहरु भए । दुइजनाका ‘कमन’ साथीहरुको बारेमा कुराकानीसमेत भयो । यस्तैमा दाहालले अनलाइनमा आफ्नो क्यापिटलको विज्ञापन राख्ने कुरा गरे । मिडियाको आयको मुख्य स्रोत नै बिज्ञापन हो । त्यसमाथि कसैले विज्ञापन राख्ने कुरा नै गरेपछि हुन्न भन्ने कुरा नै भएन । बिज्ञापन राख्ने सहमति भयो । त्यस दिनको भोलिपल्ट उनले कम्पनीको लोगो र बिज्ञापनको डिजाइन मेलमार्फत  पठाए । एउटा बिज्ञापन डिजाइन गरेर राख्नुस् भन्ने कुरा भयो । बिज्ञापनको रेट फाइनल भयो । असार मसान्तसम्म बिज्ञापन गर्ने फिक्स भयो ।
त्यसको केहि दिनपछी उनले अनौपचारिक कुराकानीमा सिटिजन्स बैंकका डेपुटी सीइओ गणेश राज पोख्रेल आफ्ना अध्यक्ष भएकाले उनको समाचार हटाउन आग्रह गरे । नियम अनुसार समाचार हटाउन मिल्दैन भन्ने उत्तर पाएपछि उनी केहि बोलेनन् तर ‘मिल्नेजति गरिदिनुहोस् न !’ भने । कुरा त्यतिकै सकियो । सीबिआइएलका सीइओ समेत रहेका गणेश राज पोख्रेललाई आइक्यानले कारवाही गरेको समाचार अर्थ सरोकारले फलोअप गरिरहेको थियो । केहि समयपछी अनलाइन सञ्चालकले उक्त कम्पनीलाई बिज्ञापनमार्फतको भुक्तानी गर्न बिजक पठायो । प्रत्येक महिनामा बिजक जारी गर्ने समहति थियो । 
सोहि अनुरुप उक्त मिडियाले बिजक जारी गरिरह्यो । तर ४ महिनासम्मपनि भुक्तानी नभएपछी अनलाइनका सञ्चालकले के रहेछ भनेर बुझे । तर त्यतिबेला उनका कर्मचारीले सरले पेमेन्ट नगर्नु भन्नुभएको छ भन्ने जवाफ आयो । कुरा के रहेछ, आफैंले पठाएको विज्ञापनको रिलिज अर्डर मेल अनि आफैंले किन त्यसो भनेछन् भनेर अनलाइनले समिर दाहालसँग बुझ्यो । उनले त केहि महिनाअघि नै आफुले बिज्ञापन रोक्न मेल पठाएको दावी पो गरे । मेल अनलाइनमा आएकै थिएन । किन कसरी यस्तो भयो भन्ने बुझ्दा क्यापिटलका एक कर्मचारीले पोल खोले । आफ्ना अध्यक्षको समाचार रोकियोस् भनेर बिज्ञापन पठाइएको तर समाचार नरोकिएपछी बिज्ञापनको पैसा नतिर्न अर्डर भएको रहेछ ।
मिडियाको लाखौँ रुपैयाँ पच, के भन्छन् अनलाइनका बजार व्यवस्थापक ?
यता अनलाइनका बजार व्यवस्थापकले भने समाचारको इस्युलाई लिएर कम्पनीका सीइओले दादागिरी देखाएको आरोप लगाएका छन् । ‘आफैं बिज्ञापनको रिलिज मेल पठाएका छन् । रोक्नु भन्ने मेल आएको छैन । तर कुरा बुझ्दै जाँदा सिटिजन्स बैंकका डेपुटी सीइओको समाचार नरोकिएपछि हाम्रो लाखौँ रुपैयाँ पच पार्ने काम भयो । भ्याट बिजक जारी गरेका थियौ । भ्याट बुझाइसकिएको छ, सबै घाटा भयो । साना लगानीका मिडियालाई हेप्ने काम भयो । हामीसँग उनले पठाएको बिज्ञापन रिलिज मेल सुरक्षित छ । बिज्ञापन रोकिने भए एक कल फोन गरेको भए हुन्थ्यो । बिल जानेबित्तिकै खबर गरेको भएपनि हुन्थ्यो । तर केहि गरिएन । हुन त यसअघि नै पनि हाम्रा सञ्चालकसँग समिर दाहालले आफु राजनीतिक मान्छे भएको भन्दै फुर्ती लगाएका थिए । सायद त्यसैको आडमा र समाचार नरोकिएको झोकमा उनले हाम्रो पैसा पच गरे ।
के भन्छन् अनलाइनका सञ्चालक  ? 
यता अनलाइनका सञ्चालक सुरज प्याकुरेलले भने बिज्ञापन दिएको भन्दैमा सम्पादकीय स्वतन्त्रतामा हस्तक्षेप हुने नसक्ने बताएका छन् । ‘म आफैं अनलाइनको सम्पादक हो । उहाँले मलाइ बिज्ञापन रोक्नुस है भन्नु भएको थिएन । तर समाचार नरोकिएपछी हामीलाई आर्थिक रुपमा अफ्ट्यारो पार्न खोज्नुभएछ । त्यसले हामीलाई केहि पनि फरक पार्दैन । उक्त कम्पनीसँग लिन बाँकी केहि लाख रुपैयाँ नपाएर हामी गरिव हुने पनि होइन, हाम्रो अनलाइन बन्द हुने पनि होइन ।  र हामी समाचारलाई बिज्ञापनको नाममा सौदाबाजीसमेत पनि गर्न सक्दैनौं । उक्त कम्पनीबाट मैले बिजक फिर्ता लिन कर्मचारी साथीलाई पठाएको छु । केहि पैसा घाटा भन्दा पनि व्यक्तिको नियत कस्तो रहेछ भनेर बुझियो, त्यहि नै ठुलो कुरा हो । र फेरी पनि हामी स्पष्ट हुन चाहान्छौं, बिज्ञापन फरक कुरा हो । समाचार फरक कुरा हो । कुनै कम्पनीको बिज्ञापन छ भन्दैमा त्यसको समाचार नआउने हुनै सक्दैन । हुने हुँदैन ।’ अनलाइनका सञ्चालकका सुरज प्याकुरेलले भने, ‘मलाइ एक बचन सुरज भाइ त्यो बिज्ञापन रोकिदिनुस भनेको भए म रोकिदिन्थें । तर यहाँ त राजनीतिक पावर देखाएर हाम्रो पैसा नै पच पार्ने काम भयो ।

‘यसो त समिर दाहालको यो कर्तुतबारे हामीले उनी निकटका केहिलाई कुरै कुरामा सेयर गरेका थियौं । जवाफमा हामीलाई उनी निकटका केहि साथीहरुले उनका केहि अन्य कर्तुत र दादागिरीबारेमा पनि बोल्नुभएको छ । हामी त्यसबारे थप अनुसन्धान गरिरहेका छौं । गलत गर्नेले आफ्नो स्वार्थ पूरा गर्न दिएको बिज्ञापनको रकम हामीलाई चाहिएन ।’ अनलाइनका सञ्चालक अगाडी भन्छन्, ‘उनले एक दुइ महिनाको पैसा लिएर जानु भनेका छन् । हामी त्यस्तो दरिद्र काम गर्ने अनलाइन हुँदै होइनौं । यसै पनि समिर दाहालका केहि कर्तुतहरु बुझिसकेपछि हामी नैतिक हिसावमा पनि उनी संग्लग्न रहेको कम्पनीको विज्ञापन राखैनौं । हामीलाई त पैसा भन्दा ठुलो कुरा हाम्रो स्वाभिमान हो ।’     

यो पनि पढ्नुहोस् :
सिटिजन्स बैंकका डेपुटी सीइओले ‘गैरकानुनी’ काम गरेको प्रमाणित ! भयो यस्तो कारवाही ! (प्रमाणसहित)

सिटिजन्स बैंकमा भण्डारीको कार्यकाल सकिंदै, गैरकानुनी काम गरेर कार्वाही भोगेका पोखरेल बन्लान् त सीइओ ?

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: