Skip to content
LAXMI SUNRISE BANK

सेयर बजारका यी ६ थरी ‘भाइरस’ चिनिराखौं, जसको चलखेलले दुब्दैछ साना लगानीकर्ताको लगानी !

अर्थ सरोकार

  • समाचार टिप्पणी 
काठमाडौँ – नेपाली सेयर बजारमा ‘चलखेल’ ले ठुलो रुप लिंदै गर्दा साना लगानीकर्ताहरु भकाभक फस्न थालेका छन् । आफुलाई खास बजारबारे जानकारी नहुनु र अरुको लहैलहैमा लाग्नुको विकल्प पनि नहुनुजस्ता कारणले त साना लगानीकर्ता फसेका छन् नै, बजारमा रहेका कतिपय भाइरसहरुले साना लगानीकर्ताहरुलाई फसाउने खेल खेलीरहेका छन् ।

१. कथित प्राविधिक विश्लेषक : बजारमा यस्ता कथित प्राविधिक विश्लेषकहरु हावी भएका छन् कि उनीहरु बजार १४०० मा आउँदा १३५० मा राम्रो सपोर्ट छ लगानी गर्नुस् भनेर उक्साउंछन् । जव बजार १३०० मा आउँछ १२५०मा सपोर्ट छ भन्छन् । अर्थात यिनीहरुले बजार बढ्छ मात्रै भनेर साना लगानीकर्ताहरु फसाउने गरेका छन् । नेपाली सेयर बजारमा हावी हुने यस्ता नटवरलालहरुले गर्दा राम्रा प्राविधिक विश्लेषकहरुलाई पनि लगानीकर्ताहरुले पत्याउन छाडेका छन् । 
२. संगठनका नाममा चलेखेल गर्ने ठुला लगानीकर्ता : बजारमा एउटा संगठनमा आवद्ध हुने र त्यसबाट खास चलखेल गर्न नपाएपछी अर्को संगठनमा जाने ठुला लगानीकर्ताहरु पनि छन्, जसले आफुलाई लगानीकर्ताको नेता भन्न रुचाउँछन् तर उनीहरुलाई आफ्नो खल्ती भर्नु बाहेक कुनै ध्याउन्न हुन्न । बैंकबाट मार्जिन कल आएपछि संघको नाममा बैंकका कर्मचारीलाई थर्काउने, आफ्नो लगानी सुरक्षित हुँदासम्म चुप बस्ने अनि आफ्नो लगानी डुब्न लागेपछि आन्दोलनको नाटक गरेर सानालाई सेयर किनाउन लगाउने, त्यसैको मौका पारेर बढेको बजारमा आफु सेफल्याण्डमा बस्नेहरुले पनि साना लगानीकर्ताहरुलाई फसाईरहेका छन् । 
३. बजार बढ्छमात्रै भनेर उक्साउने भारसहरु : नेपाली सेयर बजारमा यस्ता भाइरसहरु पनि छन् जो अव बजार बढ्छ मात्रै भनेर लगानीकर्ता उक्साईरहेका हुन्छन् । यिनीहरुले गर्दा बजारबारे खास जानकारी नराखेकाहरु भकाभक फस्ने गरेका छन् । अलिकति बजार बढ्नेबित्तिकै अव बजार उकालो लाग्यो भन्ने अनि बजारमा ठुलै पहिरो जाँदा पनि सामान्य करेक्सन हो भनेर हल्ला पिट्ने भाइरसहरुले पनि लगानीकर्ताहरु फसीरहेका छन् ।
४. बजार घट्छ मात्रै भन्ने भाइरसहरु : कुनै बेला बजार ९०० सम्म आउँछ भनेर हल्ला पिटाइयो । अहिले बजार निरन्तर ओरालो लाग्दा ल अव त ठ्याक्कै बजार ९०० मै झर्छ भनेर हल्ला पिटाउनेहरु पनि नेपाली पूँजी बजारमा सक्रिय छन् । यिनीहरुले गर्दा होल्ड गरेर बसेका लगानीकर्ताहरु आत्तिएर सेयर बेच्न विवस् छन् ।
५. राम्रो काम गर्ने नदिने भाइरस : नेपाली पूँजी बजारमा केहि पोलिसी लेभलका भाइरसहरु छन्, जो बजारमा राम्रो काम गर्ने दिंदैनन् । अनलाइन ल्याउने कुरामा यिनीहरु भाइरस बनेका छन् । पोलिसी लेभलमै खेलेर सानालाई फसाउने र आफु बजारमा राज गर्ने प्रवृतिका यिनीहरुलाई चानचुन मान्छेले छुनै सक्दैनन् ।
६. मिडियाको खोल ओढेका भाइरस : बजारमा केहि मिडियाका खोल ओढेर बजारमा सानालाई फसाउन लागि परेकाहरु छन् । यिनीहरुसँग ठुलो परिणाममा सेयर छ । आफुले बेचेपछि यो कम्पनी काम नै लाग्दैन भन्ने र आफुले किनेपछि अव यहि हो मौका यो सेयर धेरै माथि जान्छ भनेर हल्ला पिटाउने यस्ता भाइरसहरुले पनि साना लगानीकर्ताहरु फसेका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK