×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नक्कली आगलागीको पोल खुलेपछि विवादमा अरवपति विनोद चौधरी, २४ करोड तिर्नुपर्ने उच्च अदालतको निर्णय !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- अर्वपति सुचीमा रहेका विनोद चौधरीको लगानीमा सतुङ्गलमा रहेको सिजी इलेक्ट्रोनिक्सले बीमा दाबीमा किर्ते गरेको प्रमाणित भएको छ । गत हप्ता उच्च अदालत पाटनले सिजीले बीमा दाबीमा किर्ते गरेको भन्दै सिजी इलेक्ट्रोनिक्सलाई भरपाई गराएको २४ करोड रुपैयाँ असुल्न बीमा समितिलाई निर्देशन दिएपछी उनको यस्तो पोल खुलेको हो ।
२०६९ असोजमा सतुङ्गल गोदाममा आगो लागेपछि सर्भेयर र अण्डराइटरले अग्नि बीमा अन्र्तगत ५८ करोड क्षति भएको प्रमाणित गरेका थिए । सोही अनुसार युनाइटेड इन्सुरेन्सले विभिन्न समयमा ३४ करोड दाबी भुक्तानी गरेको र २४ करोड रुपैयाँ बैंक ग्यारेन्टी गरेको थियो । अदालतले बीमा समितिको निर्णयलाई नै सदर गरिदिएपछि सिजिले किर्ते गरेको प्रमाणित भएको हो ।
विनोद चौधरी पछिल्लो समय धनी भएर पनि निकै विवादित व्यक्ति हुन् । सरकारलाई कर नतिरेको, गुणस्तरहीन खाद्य पदार्थहरु बेचेको लगायतका आधा दर्जन बढी आरोपहरु उनीमाथि छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: