Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंकको कुपन्डोल साखा असुरक्षित प्रमाणित भएपछि ग्राहक आत्तिए, कर्मचारीकोसमेत मनोबल खस्कियो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सिटिजन्स बैंकबाट १७३ तोला सुन बैंकबाटै गायब भएपछी बैंक कति असुरक्षित रहेछ भन्ने प्रमाणित हुँदा कुपन्डोलस्थित साखाका ग्राहकहरु आत्तिएका छन् । बैंकमा करोडौं रुपैयाँ पर्ने सुन एक्कासी बैंकबाट नै गायब भएपछी ग्राहकहरु आत्तिएका हुन् । करिव एक हप्ता अघि घटेको तर गुपचुप राखिएको घटना अर्थ सरोकार डटकमले सोमबार ब्रेक गरेपछि मंगलबार बैंकमा आफ्नो लकरको अवस्था बुझ्ने र आफ्नो खाताको विवरण बुझ्नेहरुको संख्या बढेका थिए ।   मंगलबार उक्त घटना बाहिरिएपछी कतिपय ग्राहकले बैंकको अन्य साखाबाटसमेत पैसा निकालेका थिए । 
आत्तिए ग्राहक 
बैंकमा सुनकाण्ड घटेपछि बैंकका ग्राहकहरुको मनोबल कस्तो भएको छ भन्ने बुझ्न हामी मंगलबार सिटिजन्स बैंकमा पुगेका थियौं । हामीले घुमाउरो पाराले बुझ्दा त्यहाँ भेटिएका अधिकांसलाई यो घटना थाहा भएको र बैंकमाथि आफ्नो विश्वास गुमेको बताएका छन् । ‘सुन त सुरक्षित नहुने बैंकमा के सुरक्षा छ र ? यहाँ त जसले जे गरेपनि हुनेरहेछ । नेपालमा यति धेरै बैंक छन् । सुरक्षा नभएको देख्दा देख्दै पनि यो बैंकमा पैसा राख्न ठिक छैन ।’ बैंक परिसरमा भेटिएका एक ग्राहकले अर्थ सरोकारसँग भने, ‘बैंकको हाकिमले एउटा कुरा भन्दोरहेछ, ब्रान्च मेनेजरले अर्को कुरा भन्दो रहेछ । यो बैंकमा घोटाला बढी नै छ जस्तो छ ।’
त्यस्तै बैंकमा भेटिएका अर्का ग्राहकले पनि बैंकप्रति आफ्नो विश्वास घटेको बताएका छन् । ‘घटना गुपचुप राख्न खोजिएको रहेछ । त्यति धेरै सुन चोर्ने सामर्थ्य एउटा कर्मचारीसँग हुँदैन । बैंक असुरक्षित रहेको प्रमाणित भएको छ । अव सबै पैसा निकाल्ने बिचार गरेको छु । साथीहरुलाई पनि त्यहि भनेको छु । त्यति धेरै सुन हराउँदासमेत बोलीको ठेगान नभएको बैंकले के हाम्रो पैसा जिम्मा लिन्छ र ?’ उनले अर्थ सरोकार डटकमसँग भने ।
कर्मचारीको मनोबल पनि खस्कियो 
यता बैंकका कर्मचारीले सुन काण्ड घटेपछी र त्यसको समाचार बाहिर आएपछि आफुहरुलाई सिटिजन्स बैंकको कुपन्डोल साखामा काम गर्ने कर्मचारी भन्नै लाज भएको प्रतिक्रिया दिएका छन् । आफ्नो नाम उल्लेख नगर्ने सर्तमा अर्थ सरोकार डटकमका सम्बाददाताकि साथीसमेत रहेकी सिटिजन्स बैंककि एक कर्मचारीले भनिन्, ‘तिमीहरुले न्यूज राखिदिएर सबैजना चिन्तित भएका छन् । कतिपयले त ‘कति भाग पर्यो ?’ भनेरसमेत सोध्दा मनभित्र चीसो भएको छ । कार्यालयमा यसबारे ठुलो चर्चा चलेको छ । अलिकति काम बिग्रंदा पनि हात काम्न थालेको छ । केहि साथीहरु त जागिर छोड्नेसम्मको निर्णयमा पुगिसकेका छन् । तर झन् शंका हुन्छ भनेर कोहि बोलेका छैनन् ।’         
बैंक भन्छ, ‘आत्तिनुपर्ने केहि छैन’
यता सिटिजन्स बैंकले भने ग्राहक आत्तिनुपर्ने केहि नरहेको स्पष्ट पारेको छ । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै बैंकका सुचना अधिकारीसमेत रहेका बोधराज देवकोटाले बैंकभित्र भएको यो सुन प्रकरणले बैंक र ग्राहक कसैलाई पनि घाटा नभएको र उक्त केस ‘सेटल’ भइसकेको दावी गरेका छन् । ‘कोहि पनि आत्तिनुपर्ने केहि छैन । बाहिर कतिपय अफवाहरु आएका छन् । ती गलत हुन् । यो केस समाधान भइसकेको छ ।’ देवकोटाले अर्थ सरोकार डटकमसँग भने ।       
यो पनि पढ्नुहोस् :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK