
काठमाडौँ – सिभिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिए बमोजिम विपन्न वर्ग कर्जा कार्यक्रमको सीमालाई अझ प्रभावकारी र फराकिलो बनाउन विवेक अटोमोवाईल्स प्रा.लिसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट चिफ विजिनेस अफिसर सुजित कुमार शाक्य र विवेक अटोमोवाईल्स प्रा.लिको तर्फबाट कार्यकारी निर्देशक विवेक दुगडले हस्ताक्षर गरेका छन् ।
नेपालको विभिन्न स्थानमा यात्रु ओसारपसार तथा सामान ढुवानीको लागी अति उपयुक्त तथा प्रभावकारी साधानको रुपमा तीन पांग्रे सवारी साधानलाई लिईन्छ जुन सानो पूजीँको लगानीबाटै शुरुवात गर्न सकिने संस्थाद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ । यस सम्झौताअनुरुप बैंकले विपन्न वर्ग कर्जा कार्यक्रम अन्तर्गत ईटालियन ब्राण्डको तीन पांग्रे सवारी साधान “पियाजो”लाई सरल तथा छरिटो तवरले ७०% सम्म लगानी गर्ने बताइएको छ।
यस सम्झौताबाट बैंकले नेपालको विभिन्न स्थानमा रहेका बेरोजगार यूवाहरुलाई रोजगारीको सृजना गर्न सहज बाटो बनाईदिने कुरा बैंकका चिफ विजिनेस अफिसर सुजित कुमार शाक्यले बताए । बैंकले यसअघि पनि आफ्नो ५९ शाखा तथा ९ शाखा रहित बैंकिङमार्फत विपन्न वर्ग कर्जा परिचालन गर्दै आइरहेको छ । सिभिल बैंकले देशको यूवाहरुको रोजगारीको सृजना गर्नको निमित्त सहज कर्जा प्रदान गर्न पहल गरेकोमा विवेक अटोमोवाईल्स प्रा.लिका कार्यकारी निर्देशक विवेक दुगडले धन्यवाद ज्ञापन गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्