×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानीमा बैंक पैसा चोरी प्रकरण : पीडीत भन्छन्, ‘बैंकले पैसा खाइदिने भो, डेपुटी सीइओकै व्यवहार शंकाष्पद देखियो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानीमा बैंक पैसा चोरी प्रकरण : पीडीत भन्छन्, ‘बैंकले पैसा खाइदिने भो, डेपुटी सीइओकै व्यवहार शंकाष्पद देखियो’

Artha Sarokar

१८ चैत्र २०७४, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सानीमा बैंकले आफ्ना ग्राहकहरुलाई हदैसम्मको पीडीत बनाएको छ । बैंकको खातामा रहेको एउटा ग्राहकको रकम अर्कै व्यक्तिले झिक्दा समेत थाहा नपाएको बैंकले आफ्नो यहि कर्तुत लुकाउन हदैसम्मको हतकण्डा अपनाउन थालेको छ । बैंकबाट पैसा चोरी गर्ने व्यक्ति कहाँ छ भन्ने समेत जानकारी दिंदासमेत प्रहरी र बैंक दुबैले वास्ता नगरेको पीडीतको भनाइ छ । यसले एकातर्फ बैंकको गैरजिम्मेवारी कुन हदसम्म छ भन्ने देखाएको छ भने अर्कोतर्फ सानीमा बैंक कतिसम्म असुरक्षित छ भन्नेसमेत पुष्टी गरेको छ ।
यता बैंकका सुचना अधिकारीसमेत रहेका डेपुटी सीइओ भने यस विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिइरहेका छन् । शुक्रबार अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले प्रहरीले नक्कली हस्ताक्षर भएको प्रमाणित नगरेसम्म जसको सहि जसले किर्ते गरेर पनि पैसा निकाल्न सक्ने आसयको गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए । बैंकको यस्तो गलत नीतिका कारण जनताको अरवौं रुपैयाँ जोखिममा परेको बारे प्रश्न सोध्दा उनाले आफु व्यस्त भएको भन्दै प्रतिकृया दिन चाहेनन् ।
पीडीतलाई थप पीडा, भन्छन्, ‘बैंकले पैसा खाइदिने भो, प्रहरीले वास्ता गरेन’
यता बैंकले आफ्नो पैसा खाइदिन लागेको भन्दै पीडीतहरुले हारगुहार गरिरहेका छन् । शनिबार अर्थ सरोकार डटकमलाई सम्पर्क गर्दै पीडीतका छोरा सुमन दुलालले भने, ‘पैसा चोर्ने रेणुका खड्का भाग्ने तयारीमा छिन् । उनको छोरीको एसएलसी सकिन लागेको छ । त्यसपछि उनीहरु भाग्छन् । बैंकको पनि मिलेमतो जस्तो छ । हाम्रो लाखौँ रुपैयाँ चोरी भएको छ तर बैंकलाई वास्ता छैन । प्रहरीले पनि खासै सहयोग गरेको छैन ।’ यता बैंकले भने केस प्रहरीकहाँ पुगेकाले आफुले केहि पनि गर्न नसक्ने बताइरहेको छ भने प्रहरीले किर्ते भन्ने प्रमाणित नगरेसम्म जसको पैसा जसले किर्ते गरेर चोर्न पनि सक्ने बताईरहेको छ । यता प्रहरीले भने यसलाई किर्तेको मुद्धा लगाउने वा बैंकिङ कसुर लगाउने भन्ने कुरामै अलमल भएको पीडीतहरुको आरोप छ ।       
एउटाको खाताबाट यसरी निकालियो अर्काको रकम !
सिन्धुपाल्चोक जिल्ला ठुलो सिरुबारी गाबिस वडा नम्बर ५, हाल चौतारा नगरपालिका वडा नम्बर १३ घर भइ काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नम्बर १ नक्साल बस्ने ४३ बर्षकी बिमला दुलालले आफ्नो घर नजिकै भएका कारण सानीमा बैंकमा खाता खोलेकी थिइन् । सानीमा बैंकको मुख्य कार्यालय नक्सालमा खाता खोलेकी उनले आफ्नो खातामा निकै दु:ख गरेर जम्मा गरेको रकम अर्कैले चोरिदिएपछी उनी अहिले मर्कामा छिन् । नक्सालस्थित बैंकमा रहेको उनको खाता नम्बर ००१०००११५०३० ‘एन’ मा रहेको खाताबाट विभिन्न ६ थान चेक चोरेर आफ्नै डेरामा बस्ने रेनुका खड्का नाम गरेकी महिलाले किर्ते हस्ताक्षर गरी रकम झिकिन् । तर बैंकका कर्मचारीले उक्त हस्ताक्षर नक्कली हो कि सक्कली हो भन्ने पत्तो समेत पाएनन् । अन्तत: आफुले दु:ख गरेर जम्मा गरेको रकम अर्कैले चोरेको थाहा पाएपछि अहिले उनी प्रहरीको शरणमा पुगेकी छिन् । 

सानीमा बैंकमा जनताको रकम जोखिममा रहेको पुष्टी हुँदै !
गरिव जनताले दुख गरेर राखेको रकम चोरिंदा पनि बैंकले जिम्मेवारी नलिनु र बैंककै जिम्मेवार व्यक्तिबाट गैरजिम्मेवार अभिव्यक्ति आउनुले बैंकमा जनताको अरवौं रुपैयाँ जोखिममा परेको पुष्टी हुँदै आएको छ । अझ अचम्मको कुरा त के छ भने यो प्रकरणमा बैंकले आफ्ना ग्राहकहरुलाई सहानुभूति दिँदै सहयोग गर्नुपर्ने ठाउँमा बैंककै डेपुटी सीइओ प्रहरीले प्रमाणित नगरेसम्म जसको पैसा जसले किर्ते हस्ताक्षर गरेर लगेपनि हुन्छ भन्ने आसयको अभिव्यक्ति मिडियालाई दिइरहेका छन् । मिडियासँगसमेत यस्तो गैरजिम्मेवार हुने यो बैंक आफ्ना ग्राहकहरुसँग कतिसम्म गैरजिम्मेवार हुन सक्छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । डेपुटी सीइओ तेज बहादुर चन्द को यस्तो व्यवहारलाई पनि शंकाको दृष्टिकोणले पीडीतहरुले हेर्न थालेका छन् । 
हेर्नुहोस् उनले दिएको जाहेरी दर्खास्त जस्ताको त्यस्तै :
हेर्नुहोस् यसरी गरिएको छ किर्ते हस्ताक्षर 
यो पनि पढ्नुहोस् :

सानिमा बैंकमा खाता छ ? होसियार ! यसरी अरुले किर्ते हस्ताक्षर गरेर पैसा निकाल्दा पनि थाहा पाउँदैन बैंक (प्रमाणसहित)


सानीमा बैंकमा ग्राहकको खाताबाट लाखौँ रुपैयाँ चोरी प्रकरण: बैंकका डेपुटी सीइओकै यस्तो गैरजिम्मेवार अभिव्यक्ति !

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी