
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – यसअघि जागिर खानका लागि आवेदन दिएका महिलाहरुलाई यौनहिँसाको सिकार बनाएको गण्डकी बिकास बैंकले फेरि ठुलो संख्यामा कर्मचारी मागेको छ । यस अघि महिलाहरुको फोन नम्बर नै सार्वजनिक गरेर महिलाहरुलाई ठुलो समस्यामा पारेको बैंकले बैंकले १५ जना ब्रान्च इन्चार्ज र १५ जना रिलेसनसिप अफिसर मागेको छ । त्यस्तै बैंकले अफिसर, एसिस्टेन्ट र ट्रेनी एसिस्टेन्ट लेभलका केही कर्मचारीहरु पनि मागेको छ । ट्रेनी एसिस्टेन्टमा अनुभव मागिएको छैन । यद्यपी महिलाहरुले यो बैंकमा आवेदन दिंदा भने सचेत हुन आवश्यक छ । यो बैंक सिएहरुको मानहानी गरेको भन्दै समेत विवादमा आएको थियो ।
होसियार ! यस अघि भएको थियो यस्तो घटना !
यसअघि गण्डकी बिकास बैंकले निकालेको भ्याकेन्सीउपर अन्तर्वार्ताको लागि नाम सार्वजनिक गर्दा बैंकले सबैको मोबाइल नम्बरसमेत सार्वजनिक गरिदिएको थियो । यसरी नम्बर सार्वजनिक गर्दा विभिन्न अज्ञात व्यक्तिले महिलाहरुको नम्बरमा फोन गरी यौन प्रस्ताव राखेको समाचार अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि बैंकले उक्त सुचना सच्याएको थियो । यसपाली पनि बैंकले यसो नगर्ला भन्न सकिन्न । महिलाहरुमाथि यौन हिँसा हुँदा पनि प्रतिक्रिया नदिएका सीइओ अझै उक्त बैंकमा सीइओ नै छन् । त्यसैले महिला कर्मचारीहरुले बैंकमा भ्याकेन्सीमा आवेदन दिंदा सचेत रहन आवश्यक छ ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्