Skip to content
LAXMI SUNRISE BANK

गण्डकी बिकास बैंकका कारण जागिर खोजीरहेका महिलाहरु यौन हिंसाको सिकार, बैंकले गर्यो यस्तो ‘ब्लन्डर’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

यसअघि चार्टड एकाउन्टेन्टहरु माग गर्दा सिएहरुकै बेइज्जत हुने गरी भ्रामक विज्ञापन छपाएर विवादमा आएको गण्डकी बिकास बैंकको अर्को कर्तुत सार्वजनिक भएको छ । बैंकले जागिरका लागि आवेदन दिने व्यक्तिहरुको मोबाइल नम्बरसमेत सार्वजनिक गरेर संविधानले दिएको गोपनियताको हकको बर्खीलाप गरेको हो । आवेदन दिनेहरुको फोन नम्बर सार्वजनिक गर्नुको कुनै तर्क वा तुक नभएपनि बैंकले बदनियत राखी यसरी मोबाइल नम्बर नै सार्वजनिक गर्ने काम गरेपछि आवेदन दिएका महिलाहरु हिंसामा परेका छन् । नेपालको संविधान अनुसार कसैको अनुमति विना फोन नम्बर सार्वजनिक गरिनुलाई अपराध मानिन्छ । बैंकले फोन नम्बर सार्वजनिक गर्नेबारे कसैसँगपनि अनुमति लिएको छैन ।  
महिलाहरु हिंसामा परे, बैंकले गर्यो ‘ब्लन्डर’
बैंकले आवेदन दिएकाहरुमध्ये सबैको फोन नम्बर समेत सार्वजनिक गरेको छ । जसमा धेरै संख्यामा महिलापनि छन् । यसरी मोबाइल नम्बरनै सार्वजनिक गरिदिएपछी कतिपय आवेदनकर्ताहरुलाई ‘ब्लफ-कल’ आउन सुरु भएको गोनासो आउन थालेको छ । ‘बैंकले मेरो अनुमति विना मेरो फोन नम्बर वेव साइटमा राखिदियो । जसका कारण मलाइ ब्लफ कल आउन सुरु भएको छ । कतिपयले राती राती फोन गरी, ‘कस्तो तयारी छ ?’ कति पढ्नुभो ?’ लगायतका प्रश्न गरेर मलाइ तनाव दिने काम गरिरहेका छन् ।’ एक आवेदनकर्ताले मंगलबार अर्थ सरोकार डटकमको कार्यालयमा सम्पर्क गरी गुनासो पोखिन् ।
उनका अनुसार बैंकको सानो गल्तीका कारण उनी हिँसामा परेकी छिन् । ‘राती राती फोन गरेर तनाव दिनेहरु धेरै छन् । बैंकमा यसबारे बुझ्ने कुरापनि भएन । जागिरको सवाल जो छ । तर म मात्र होइन मेरा अन्य केहि साथीहरुले पनि यस्तो समस्या भोगेका छन् । राती राती कल गरी केहिले यौनजन्य कुराहरु पनि गर्न थालेका छन् । कतै उजुरी गरौँ, उल्टै आफ्नै बेइज्जत हुन्छ, कतै नभनौं निकै समस्या पर्यो, बैंकमा फोन नम्बर हटाउन भनौं भने बल्ल बल्ल पाउन लागेको जागिर गुम्छ भन्ने पीर !’ उनले अर्थ सरोकारसँग गुनासो पोखिन् ।
कानुनमा के छ ?
कानुन: त सम्बन्धित व्यक्तिको अनुमति बिना यसरी फोन नम्बर सार्वजनिक गर्न पाईदैन । ‘नेपालको संविधानले स्पष्टसँग गोपनियताको हकबारे बोलेको छ ।’ कानुन व्यवसायी केके लामिछाने भन्छन्, ‘कसैको अनुमति विना मोबाइल नम्बर जस्तो व्यक्तिगत कुरा वेव साइट वा अन्य माध्यममा राख्नु पूर्ण रुपमा गैरकानुनी हो । यसले महिला हिंसा मात्र होइन, अन्य खालका अपराधहरु पनि जन्माउन सक्ने सम्भावना हुन्छ । गण्डकी बिकास बैंकले गरेको काम सरासर अपराध हो ।’ उनका अनुसार यसरी गोपनियताको हक विरुद्ध कदम चाल्ने जो कोहि व्यक्ति र संस्थालाई उजुरी गरी कानुनी उपचार खोज्ने बाटो पनि खुला छ । ‘बैंकले मोबाइल नम्बर वेव साइटमा राखेको स्पष्ट प्रमाण देखिन्छ । बैंक वा बैंकमा यस्तो काम गराउने कोहिलाई प्रतिपक्षी बनाएर अदालतमा मुद्धा हाल्न सकिन्छ ।’ उनले भने ।

बैंकका कर्मचारीले हाँसेर उडाए 
यसबारे बुझ्न हामीले गण्डकी बिकास बैंकमा सम्पर्क गरेका थियौं । ‘हामीले बैंकले गरेको गल्तीका कारण महिलाहरु यौन हिँसामा परे नि ! भन्ने प्रश्न गर्दा फोन उठाउने कर्मचारीले हाँसेरै फोन राखिन् । एउटा महिला कर्मचारीलाई परेको समस्याका बारेमा बुझ्दा अर्की महिला कर्मचारीले यसरी हाँसेरै उडाउने कामले नेपालको सामाजिक परिस्थिति कतिसम्म कमजोर छ र बैंक कतिसम्म गैरजिम्मेवार छ भन्ने पुष्टि गरेको छ । यसबारे हामीले बैंकका सीईओ रेशम बहादुर थापालाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् ।    
यो पनि पढ्नुहोस् 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK