
- रेखा ग्वायामरु / अर्थ सरोकार डटकम
काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा अन्डरलाइनका अध्यक्ष केपी शर्मा ओलीले मूल्यवृद्धि हुनु सामान्य भएको बताएका छन् । ओली नेतृत्वको सरकार आएपछि मात्र चारपटक पेट्रोलियम पदार्थको मूल्य वद्धि भइसकेको बारे जवाफ दिंदै उनले यसलाई सामान्य र स्वाभाविक प्रक्रिया भएको बताएका छन् ।
‘म अलिक सानो हुँदा ५० पैसा माना घ्यू, ९० रुपैयाँ तोला सुन आउथ्यो। अब अहिले त्यो भाउ निकै बढी सक्यो, सभामुख महोदय, तीन महिनाको मात्र हिसाब गर्नुभएछ साथीहरूले।’ उनले अगाडी भने, ‘कहिलेकाहिँ बाटो भत्क्यो भने टमाटरको भाउ बड्छ। यो चाहिँ सरकारलाई हान्ने ठाउँ खोजे जस्तो मात्र हो। यो अर्थपूर्ण हुँदैन। मूल्य वृद्धि स्वभाविक पनि हो। तर, कृतिम अभाव सृजना गरेर गरेको मूल्य वृद्धि भयो भने यसतर्फ सरकारले ध्यान दिन्छ।’
उनले मूल्यवृद्धिलाई लिएर सरकारलाई आक्रमण हुन लागेको समेत आशंका व्यक्त गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्