
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- पछिल्लो समय हरेक व्यवसाय अनलाइनकरण भईरहेका छन् । कुनै पनि व्यवसाय, संस्था वा सेलिब्रेटी वेव साइट मार्फत आफ्ना ग्राहक तथा शुभचिन्तकमाझ पुगिरहेका छन् । स-साना व्यवसायदेखि अरवौंका व्यवसायहरु आफ्नो व्यापार अनलाइनमार्फत गरिरहेका छन् । अझ समाचार पोर्टलको त लहर नै आएको छ नेपालमा । नाम चलेकादेखि भर्खर मिडियामा लागेकाहरुसम्म अनलाइन पत्रिका संचालक बन्न थालेको तथ्य कसैमाझ पनि लुकेको छैन ।
यसैबीच अनलाइन पोर्टल चलाउनका लागि उपलब्ध नामको खडेरी नै परिरहेका बेला समाचार पोर्टलका अनेकथरी नाम आइरहेका छन् । यसैबीच नेपाल कम्युनिष्ट पार्टीको नाम जोडेरसमेत अनलाइन दर्ता हुन थालेका छन् । आफु अनलाइन दर्ता गर्ने र त्यसलाई महँगोमा बेच्ने प्रचलन पनि बढेका बेला नेकपासँग नाम जोडेर दर्ता भएको डोमेनपनि बिक्रीमा रहेको खुलेको छ ।
नेकपाको नाम जोडेर नेकपान्यूज डटकम, नेकपाखबर डटकम, नेकपापोष्ट डटकम, र नेकपा अनलाइन डटकम नामक ४ वटा नाम दर्ता भएका छन् भने यी ४ वटाको कुल मूल्य ५६ हजार रुपैयाँ रहेको छ । पत्याउन गाह्रो होला तर यथार्थ के सम्म छ भने ‘करिव १००० पर्ने डोमेन २० लाख सम्ममा बिक्रि हुन्छ नेपालमा पनि ।’ केहि बर्षयता नेपालमा डोमेन बेचबिखन उल्लेखनीय रुपमा फष्टाएको मात्र छैन, दिमाग लगाउनेहरुले डोमेन विक्री गरेर करोडभन्दा बढि आम्दानी गर्नेहरु समेत भएका छन् नेपालमा ।
यो पनि पढ्नुहोस्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्