
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – पछिल्लो समय हरेक व्यवसाय अनलाइनकरण भईरहेका छन् । कुनै पनि व्यवसाय, संस्था वा सेलिब्रेटी वेव साइट मार्फत आफ्ना ग्राहक तथा सुभचिन्तकमाझ पुगिरहेका छन् । स-साना व्यवसायदेखि अरवौंका व्यवसायहरु आफ्नो व्यापार अनलाइनमार्फत गरिरहेका छन् । अनलाइनबाट व्यवसाय गर्नेहरुका लागि सबैभन्दा आधारभुत चीज भनेकै ‘डोमेन नेम’ हो । र त्यहि डोमेन नेमको नेपालमा लाखौँको व्यापार हुने गरेको तथ्य फेला परेको छ । पत्याउन गाह्रो होला तर यथार्थ यहि हो ‘करिव १००० पर्ने डोमेन २० लाख सम्ममा बिक्रि हुन्छ नेपालमा पनि ।’ केहि बर्षयता नेपालमा डोमेन बेचबिखन उल्लेखनीय रुपमा फष्टाएको मात्र छैन, दिमाग लगाउनेहरुले डोमेन विक्री गरेर करोडभन्दा बढि आम्दानी गर्नेहरु समेत भएका छन् नेपालमा ।
विशेषगरी सेलीब्रेटीका नाम उल्लेखित डोमेनहरु राम्रो मुल्यमा विक्रिका लागि राखिएका छन् । र ति डोमेन निकै महँगा पनि छन् । नेपालकी चर्चित नायिका रेखा थापाको नाम उल्लेखित डोमेन रेखाथापा डटकम ७१८७ डलरमा बिक्रीमा छ । यता चर्चित नायक राजेश हमालको नाम उल्लेखित राजेशहमाल डटकम ३७८९.२५ डलरमा बिक्रीमा छ । यस्तै नम्रता श्रेष्ठ डटकम ४४७९.२५ डलरमा बिक्रीमा छ । महँगा डोमेनहरुमा नेताहरुको नाम पनि पर्दछ । मावोवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नाम उल्लेखित प्रचण्ड डटकम ५२७६. २० डलरमा बिक्रीमा छ भने पूर्वप्रधानमन्त्री केपी वलीको नाम उल्लेखित केपी ओली डटकम ५७४८. ८५ डलरमा बिक्रीमा छ ।
नेपालमा व्यवसायिक रुपमा यसरी डोमेनको कारोबार गर्नेहरु छन् भने यस्तो ब्यापार विशेषगरी नेपाल बाहिर बस्ने नेपालीहरुले गरिरहेका छन् । आफ्नो नाम नबताउने सर्तमा काठमाडौँ कोटेश्वर बस्ने २८ बर्षीय युवा आफुले डोमेनको यस्तै कारोबारबाट नेपालमै बसी महिनाको मासिक २ लाखसम्म कमाउने गरेको बताउँछन् । इन्जिनियरिङ सकेका उनी आफ्ना दाजुबाट यस्तो काम सिकेको र अष्ट्रेलिया बस्ने आफ्ना दाजुले पनि डोमेनको यस्तै कारोबार गरेर मासिक राम्रो आम्दानी गर्ने गरेको अर्थ सरोकार डटकमलाई बताए । यस्तो कारोबार नेपालबाट अनाधिकृत रुपमा समेत हुने हुनाले आफ्नो नाम बताउन नचाहेको उनको कथन थियो । उनका अनुसार उनीजस्तै उनका अरु ५ जना साथीले पनि यस्तै काम गरेर मासिक राम्रो आम्दानी गर्ने गरेका छन् । विशेषगरी विदेशी ‘ब्र्याण्ड’ को नाममा गरिने यस्तो व्यापार निकै नै फाइदाजनक हुने उनको भनाइ छ ।
यसरी डोमेनको खरिद तथा विक्री गर्ने काम नेपालबाट ‘पेपाल’ जस्ता प्रविधिको प्रयोग वा विदेशी ‘क्रेडिट कार्डबाट हुने हुनाले लाखौँ रुपैयाँ विदेशिएको छ भने यसबाट नेपाल सरकारलाई प्राप्त हुने राजस्व भने सुन्य प्राय: छ । केहि कम्पनीहरुबाट मान्यता प्राप्त डलर एकाउन्टबाटै कारोबार हुने गरेको भएपनि यस्ता किनबेचमा संग्लग्न हुनेहरुले अनाधिकृत रुपमा यस्तो व्यापार गर्ने हुनाले उक्त कारोबारबाट नेपाल सरकारलाई राजस्व आउँदैन । नेपालमा अनाधिकृत रुपमा ‘पेपाल’ चलाउनेको संख्या पनि उल्लेखनीय छ ।
विशेषत : वेव साइट संचालनका लागि दर्ता हुने भएपनि नेपालमा हजारौं डोमेनहरु ‘होल्ड’ मा छन् । विशेषगरी नेपाली अनलाइन पत्रकारितामा क्रियाशील पत्रकारहरुले अनलाइन पत्रिकाको नाम भन्दै थुप्रै डोमेन ‘होल्ड’ गरेका छन् । नेपालबाट अनलाइन पत्रिका बाहेक नेपालका चर्चित ठाउँ, चर्चित हिमाल, केहि चर्चित सेलिब्रेटीका नाम उल्लेखित डोमेनहरु पनि ‘होल्ड’ मा छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्