×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धार्मिक टिभीमै महिला पत्रकारमाथि अश्लील शब्दसहित दुर्व्यवहार, तलव माग्दा ‘तेरो करियर सिध्याईदिन्छु’ भन्दै धम्की

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

धार्मिक टिभीमै महिला पत्रकारमाथि अश्लील शब्दसहित दुर्व्यवहार, तलव माग्दा ‘तेरो करियर सिध्याईदिन्छु’ भन्दै धम्की

Artha Sarokar

५ असार २०७५, मंगलवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – हिँसा गर्नु हुँदैन भन्ने सूचना प्रवाह गर्ने धार्मिक टेलिभिजनका मालिकले नै महिला पत्रकारमाथि दुर्व्यवहार गरे भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर अरुलाई धर्मको पाठ सिकाउने बोधी टेलिभिजनका मालिकले त्यहाँ कार्यरत कर्मचारीलाई दुर्व्यवहार गरेका छन् । काभ्रे स्थायी घर भइ हाल नयाँ बानेश्वर बस्ने बर्ष २६ कि भवानी दुलाललाई टेलिभिजनका मालिकले तलव मागेको झोंकमा दुर्व्यवहार गरेका हुन् । दृश्य सम्पादक भएर टेलिभिजनमा काम गरेकी उनलाई पटक पटक तलव माग्दा पनि ३ महिनासम्म तलव नदिएपछि पत्रकार दुलालले नेपाल पत्रकार महासंघमा उजुरी गरेकी थिइन् । सोहि उजुरी गरेको भन्दै टेलिभिजनमा मालिकले ‘तेरो करियर सिध्याईदिन्छु ‘ भन्दै धम्क्याएका हुन् ।
यसो त पछिल्लो समय विभिन्न टेलिभिजनहरुमा महिला कर्मचारीहरुलाई चुनौती बढेको छ । समयमा तलव नदिने समस्या त छँदै छ, कतिपय टेलिभिजनमा महिला पत्रकारहरु सोषणमा परेका खबरहरु पनि सार्वजनिक भइरहेका छन् । यसले हाम्रा चेलीहरु नेपाली टेलिभिजनहरुमा सुरक्षित छन् त ? भन्नें प्रश्न एकातर्फ उठेको छ भने तलव नै दिन नसक्ने गरी नेपालका टेलिभिजनहरु कुन हालतमा छन् भन्ने पनि स्पष्ट पारेको छ । भवानी दुलाल त एक पात्र भइन्, जसले आफूमाथिको अन्याय बाहिर ल्याईन् । अझ दबिएर बसेका कति होलान् ? यो विषयमा सम्बन्धित सबैको ध्यान जान जरुरी छ । 
तलव माग्दा टेलिभिजनमा मालिकले यसरि थर्काए 
नेपाल पत्रकार महासंघमा उजुरी दिएर अर्थ सरोकार डटकमको कार्यालयमा आएकी दुलालले आफुमाथि टेलिभिजनका मालिक सन्जीव तुलाधर, कार्यक्रम निर्माता राजु नापित, क्यामरापर्सन राम चित्रकार र टेलिभिजनका प्रशासक उज्ज्वल विष्टले कोठामा बोलाएर अपशब्द समेत प्रयोग गरेर थर्काएका थिए । त्यस क्रममा टेलिभिजनका कार्यक्रम निर्माता राजु नापितले करियर सिध्याईदिने भन्दै धम्की दिएको, अश्लील शब्द प्रयोग गरेर धम्क्याएको, आफुलाई सामान चोरीको मुद्धा लगाएर फसाईदिने धम्की दिएको गुनासो पोखेकी छिन् । २०७३ मङ्सिरबाट उक्त टेलिभिजनमा काम गरेकी उनले त्यहाँबाट नियुक्तिपत्र अनुसार २० हजारका दरले ३ महिनाको तलव पाउन बाँकी छ । साथै उनले २० हजारको नियुक्ति दिएर टेलिभिजनले आफुलाई १३००० रुपैयाँ मात्र तलव दिएको समेत गुनासो पोखेकी छिन् । यस अघि अर्को एक टेलिभिजनमा समेत धार्मिक कार्यक्रम उत्पादनको अनुभव भएकी उनले बोधी टेलिभिजन धार्मिक टेलिभिजन भएकाले वातावरण पनि राम्रो हुने विश्वासमा उक्त टेलिभिजनमा जागिर खान गएकी थिइन् । ‘३-३ महिनामा तलव बढाइदिन्छु भन्ने आश्वासन पनि थियो । धार्मिक कार्यक्रमको अनुभव पनि थियो । तर बोधी टिभी त नाम मात्रको धार्मिक च्यानल रहेछ । धर्मका नाममा अरुको श्रम शोषण गर्ने अखडा रहेछ ।’ पीडीत दुलालले अर्थ सरोकार डटकमसँग भनिन्, ‘ धार्मिक च्यानल चलाउनेले यति तल्लो स्तरको व्यवहार गर्लान्, त्यो पनि तलव माग्दा, भन्ने सोचेकी थिइन ।’ 
के भन्छ नेपाल पत्रकार महासंघ ?
यस विषयमा हामीले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य र पछिल्लो समय श्रमजीवी पत्रकारका मुद्धा हेरिरहेका जन्मदेव जैशीलाई सम्पर्क गरेका थियौं । ‘भवानीजीको उजुरी परेको छ । हामी गम्भीरतापूर्वक यो केस हेरिरहेका छौं । काम गरेपछि तलव पाउनुपर्छ। यो कुरामा नेपाल पत्रकार महासंघ कुनै पनि हालतमा सम्झौता गर्न सक्दैन ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै महासंघका केन्द्रीय सदस्य जैशीले भने, ‘हामी भवानीजीलाई न्याय दिलाएरै छोड्छौं । टेलिभिजन व्यवस्थापनसँग अध्यक्षज्यूले कुरा गरिरहनुभएको छ । यो केस छिटो टुंगोमा पुग्छ र पीडीतले न्याय पाउनुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।’ साथै उनले यस विषयमा सूचना विभागमा समेत उजुरी दिएकी छिन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै पीडीत दुलालले भनिन्, ‘सूचना विभागमा पनि उजुरी दर्ता गरेको छु । नेपाल पत्रकार महासंघका अध्यक्षलाई भेटेर आफ्नो समस्याबारे जानकारी गराएको छु । महासंघमा उजुरी गरेको भनेर मलाइ टेलिभिजनका विभिन्न व्यक्तिले ‘टर्चर’ दिने काम गरिरहनु भएको छ । तर म न्यायका लागि अन्तिम समयसम्म पनि लड्नेछु ।’ आफुलाई टेलिभिजनका मालिकले थर्काएको अडियोसमेत आफुसँग सुरक्षित रहेको बताउँदै उनले आफुलाई टेलिभिजनका मालिकहरुले दुर्व्यवहारसमेत गरेको आरोप लगाएकी छिन् । 
के भन्छन् टेलिभिजनका अध्यक्ष ?
यस विषयमा हामीले मंगलबार टेलिभिजनका अध्येक्ष सन्जीव तुलाधरलाई सम्पर्क गरेका थियौं । उनले उल्टै भवानी दुलालले कार्यालयको बेइज्जत हुने गरी अगाडी बढेको आरोप लगाएका छन् । ‘उहाँको केहि समयको तलव बाँकी भएको पक्कै हो । तर उनलाई हामीले तलव लिन आउनु भनेका छौं । अव कर्मचारीको तलव घर-घर पुर्याउने कुरा पनि भएन । बरु तपाईंहरु पनि आउनुहोस्, तपाईंकै रोहवरमा तलव दिन्छौं उहाँलाई । तर अफिसको कार्ड र अन्य लागेका के-के समान छन् त्यो सबै फिर्ता लिएर कार्यालयमा हाजिर गरेर तलव लिंदा हुन्छ । विभिन्न संगठनका साथीहरुले फोन गरेर यस विषयमा बुझ्दा खुसी लागेको छ । संगठन हामीलाई पनि चाहिन्छ । भवानी दुलालले आफ्नो पैसा लिएर जान सक्छिन् ।’ 
पीडीत दुलालले आफुलाई थर्काएको अडियोसमेत अर्थ सरोकार डटकमलाई उपलब्ध गराएकी छिन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी