
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- आन्तरिक राजस्व विभागले बोनस र हकप्रदको लाभ गणना सम्बन्धी नयाँ व्यवस्था लागु भएको कुरा नेपाल स्टक एक्चेन्ज, धितोपत्र बोर्ड, सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई पत्राचार गरेपछि त्यसको सिधा असर आइतबारको बजारमा परेपछि यसबारे बसेको इन्भेष्टर्स फोरमको बैठक सामान्य ध्यानाकर्षणसहितको बिज्ञप्ति निकालेर टुंगीएको छ । मिति २०७५ जेष्ठ २० गते देखि लागु हुने गरी बोनस शेयर र हकप्रद शेयरको लागत मूल्य गणना गर्दा शेयरको अङ्कित चुक्ता मूल्यलाई लागत मानेर सोही आधारमा लाभको गणना गर्नु पर्ने कुरा लगानीकर्ताको हकहित विरुद्ध भएको, र यसले ठुलो राजश्वको हिस्सा गुम्ने समेत फोरमको ठम्याई छ । साथै फोरमले उक्त निर्णय फिर्ता गर्न समेत अनुरोध गरेको छ ।
घोषणा भएन आन्दोलन, विरोधका लागि मात्रै निर्णयको विरोध !
यसअघि बजार घटेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको फोरमको आन्दोलन त्यतिबेला नै तुहिएको थियो । आफ्नो पोर्टफोलियो अलिकतिमात्र कमजोर हुँदा पनि आन्दोलनको फुर्ती देखाएर बजारमा चलखेल गर्न लागेको आरोप लागेका फोरमका अध्यक्ष अम्बिका पौडेलले यस्तो महत्वपूर्ण घडीमा भने यसबारे खरो निर्णय नलिनुलाई उनले यो कुरालाई कुन हदसम्म ‘हलुका’ लिएका छन् भन्ने बुझ्न गाह्रो नभएको विश्लेषण गर्न थालिएको छ । फोरमले एक बिज्ञप्ति जारी गरेर ‘विरोधका लागि मात्र विरोध’ गरेजस्तो देखाएको छ । फोरमले लगानीकर्ता हतास भएको यस्तो बेला ठुलै आँधीबेरी ल्याउने खलाको आन्दोलनको घोषणा गर्ने धेरैको अपेक्षा थियो ।
हेरौं फोरमले जारी गरेको बिज्ञप्ति !

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्