
- मनोज आत्मीय / अर्थ सरोकार डटकम
काठमाडौँ- लामो समय पश्चात नेपाल प्रहरीको ११०१ जना प्रहरी नायब निरिक्षकहरुको सरुवा भएको छ । संगठनको आन्तरिक शुद्धिकरणको थालनीस्वरुप लामो समयसम्म एकै ठाउमा बस्ने र सिन्डिकेट चलाउने सईहरुको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ । निकै आकर्षक मानिएको प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको २० बर्ष भन्दा लामो समय काम गरेका सम्पूर्ण सईहरुको समेत सरुवा गरेको छ ।
त्यस्तै गरी प्रहरी प्रधान कार्यालयका अन्य बिभागहरुमा ५ बर्ष देखि २० बर्ष सम्म एकै ठाउमा राज गरी बस्ने सईहरुको सरुवा गरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एक उदाहरणीय कार्य गरेका छन । त्यसै गरी प्राबिधिक तर्फको १५बर्षसम्म एकै पदमा बस्न बाध्य सई देखि डिआईजीसम्मको एकैदिन बढुवा निकाली प्रशंसनिय काम गरेका छ्न । हालै बढुवा भएका २८ जना प्रहरी उपरीक्षक र ५५ जना प्रहरी नायब उपरीक्षकहरुको पदस्थापना तथा अवधि पुगेका ७३ जना डिएसपिको एकैपटक सरुवा गरि गर्न खोजे के नहुने रहेछ भन्ने गतिलो उदाहरण दिन प्रहरी प्रमुख सफल भएका छन ।
एकै दिन यति धेरै काम सम्पन्न गर्न कर्मचारि प्रशासन शाखका कर्मचारीको अहोरात्रको खटाई र लगनले मात्र सम्भव भएको हो । अझैपनि प्रशासन चुस्त र दुरुस्त हुन केही कर्मचारीको संख्या प्रहरी प्रधान कार्यलयबाट हटाउनु जरुरी देखिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्