×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्ञानेन्द्र ढुंगानाले ‘हतारो’ गर्दा नेपाल बंगलादेश बैंकको गाडीले मान्छे हान्यो, चालकलाई सिकाइएको गलत संस्कारले दुर्घटना

PRIME CA

ज्ञानेन्द्र ढुंगानाले ‘हतारो’ गर्दा नेपाल बंगलादेश बैंकको गाडीले मान्छे हान्यो, चालकलाई सिकाइएको गलत संस्कारले दुर्घटना

२८ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • मनोज आत्मीय / अर्थ सरोकार डटकम 
काठमाडौँ- मेनेजमेन्ट एसोसीएसन अफ नेपाल (म्यान) को कार्यक्रममा जान बंगलादेश बैंकका सीइओ ज्ञानेन्द्र ढुंगानाले हतारो गर्दा उनको गाडीले पैदल यात्रीलाई ठक्कर दिएर ‘अपाङ्ग’ बनाएको छ । आइतबार होटल अन्नपूर्णमा रहेका ढुंगानालाई म्यानको कार्यक्रममा जान हतार भयो भन्ने खबर पाएपछि अनियन्त्रित ढंगले गाडी चलाईदा यस्तो घटना भएको बताइएको छ । सीइओलाई हतार भयो भन्दै राइजिङ मलबाट महेन्द्रको शालिक तर्फ अनियन्त्रित गतिमा आउंदै गर्दा जडिबुटी बस्ने बर्ष ३० को रवी कुमार शाहलाई उक्त गाडीले ठक्कर दिएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार उक्त गाडीमा ठाकुर राम थापा र नरेश कायस्थ पनि सवार थिए । उनीहरु पनि नेपाल बंगलादेश बैंककै कर्मचारी हुन् । नेपाल बंगलादेश बैंकको नाममा रहेको बा १० च ९९९१ नम्बरको गाडीले शाहलाई ठक्कर दिँदा शाहको औंलामा गम्भीर चोट लाग्दा पीडीत अपाङ्ग बन्ने अवस्था आएको छ । राम कुमार श्रेष्ठले चलाईरहेको उक्त गाडीले पहिला जेब्रा क्रसिङ भएको ठाउँमा नै पदलयात्रीलाई ठक्कर दिएको बताइएको छ । यता घाइते शाहको बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ । 
चालकलाई सिकाइएको गलत कुराले दुर्घंटना !
बैंक स्रोतले दिएको गोप्य जानकारी अनुसार दुर्घंटना भएको खण्डमा बैंकले सबै खर्च ब्यहोरिदिने र उक्त खर्छ पनि इन्सुरेन्सबाट ‘क्लेम’ हुने हुनाले हतारो परेका बेला गाडी जसरी पनि कुदाउन बैंकले चालकलाई सिकाउने गरेकाले यस्तो दुर्घटना हुने गरेको छ । माथिको घटनामा पनि सबै खर्च बैंकले व्यहोर्ने गरी सहमति भएको छ । जवकी यो खर्च इन्सुरेन्स कम्पनीले बैंकलाई पुन: भुक्तान गर्छ । सरसर्ती हेर्दा न कुनै सजाय, न कुनै क्षतिपूर्ति व्यक्तिगत रुपमा तिर्नुपर्ने भएकाले पनि बैंकका गाडीहरु अनियन्त्रित भएर चलाइने गरेको पाइएको छ । यसअघि पनि उक्त चालकले चलाएको गाडी एकपटक गम्भीर दुर्घंटनाबाट जोगिएको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: