
काठमाडौँ- नेपाल टेलिभिजनमा बिगत १२ बर्षदेखि सञ्चालित कार्यक्रम सिधा प्रश्न ? संचारमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाको ठाडो निर्देशनमा बन्द गरिएको विषयमा प्रेस युनियनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केही दिन अघि सोही कार्यक्रममा मन्त्री बास्कोटाले लाइभ अन्तर्वार्ता दिंदा झुट् बोलेको कुरा सामाजिक सन्जालमा भाइरल भएपछि रिसाएर उक्त गलत कदम चालेपछि त्यस कार्यको भ्रत्सना गर्दै युनियनले बिज्ञप्ति जारी गरेको हो ।
यस्तो छ बिज्ञप्तिको पूर्ण पाठ
मितिः २०७५।२।३०
प्रेस विज्ञप्ती
नेपाल टेलिभिजनमा विगत १२ बर्षदेखि प्रस्तोता राजु थापाले सञ्चालन गर्दै आएको कार्यक्रम ‘सिधा प्रश्न’ नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल प्रसाद वास्कोटाको प्रत्यक्ष निर्देशनमा बन्द भएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सरकार नियन्त्रित नेपाल टेलिभिजनमा केहि लोकप्रिय कार्यक्रम मध्ये रहेको थापाको’सिधा प्रश्न’ प्रत्येक शनिवार राती ८ः४५ मा प्रसारण हुँदै आएको थियो। नेपाल टेलिभिजनका समाचार प्रमुखले थापालाई ‘सिधा प्रश्न’ कार्यक्रम अब प्रसारण नुहने जानकारी मंगलवार गराएका थिए। मन्त्री वास्कोटासँग लिएको अन्तर्वार्ता पछि आफ्नो कार्यक्रम बन्द गर्ने आदेश आएको थापाले जनाएका छन्।
‘सिधा प्रश्न’ मा सम्पति विवरणका बारेमा प्रश्न उत्तर हुने क्रममा मन्त्री वास्कोटा कार्यक्रम प्रस्तोता थापासँग रिसाएका देखिएका थिए। सम्पति विवरणमा दाइजो सम्वन्धि प्रसङगमा अझ रिसाएका मन्त्री वास्कोटाले आफ्नो झुट समात्ने प्रस्तोता थापालाई टेलिभिजनबाटै हटाउन निर्देशन दिएपछि नेपाल टेलिभिजनका समाचार प्रमुखले थापालाई अब आइन्दा कार्यक्रम प्रसारण नुहने जानकारी दिएका हुन्।
कार्यक्रम’सिधा प्रश्न’रोकिएको यो घटनाले नेपालमा कम्युनिष्ट पार्टी नेतृत्वको शासन शुरु भए यता नेपालमा प्रश्न गर्ने अधिकार कुण्ठित हुँदै गएको प्रष्ट संकेत गरेको छ। पत्रकार समेत रहेका मन्त्री वास्कोटाको यो कृत्य सरकार, सत्ता र यसका कार्यकारीहरुमाथि प्रश्न उठाउने हैन भन्ने निरंकुश मनसायबाट प्रेरित भएर आएको छ। हामीमाथि प्रश्न उठाउनेहरु सरकारी कोपभाजनमा पर्न तयार हौ भन्ने सन्देश दिने किसिमको निरंकुश शैली मन्त्री वास्कोटाबाट प्रकट भएको छ।
लोकतन्त्रमा हरेक नागरिकले जिम्मेवार निकायमा रहेकाहरुलाई प्रश्न सोध्ने हैसियत र तागत राख्छ भन्ने न्यूनतम ज्ञान समेत नरहेका वास्कोटाले प्रश्न नै गर्ने कर्म भएका एक जना पत्रकारलाई उनले सञ्चालन गर्दै आएको कार्यक्रम बन्द गर्न आदेश दिनुले मन्त्री वास्कोटा सहित केपी ओली नेतृत्वको सरकारको नियत पनि उदाङगिएको छ। प्रश्न गर्ने जनताको प्रतिनिधी पात्रको रुपमा रहेका थापाले सञ्चालन गर्ने कार्यक्रम बन्द गराएर मन्त्री वास्कोटा र केपी ओली नेतृत्वको सरकारले अधिनायकवादी चरित्र देखाएको छ। यो घटनाले सरकार अधिनायकवादको यात्रातर्फ उद्यत भएको प्रष्ट भएको छ।
केहि दिन अघी सरकारको नेतृत्व गरेको नेकपाकै सांसद नविना लामाले हाम्राकुरा डटकमको कार्यालयमा गुण्डाहरु पठाएर समाचार मेटाउन धम्की दिएको घटनापछि नेकपाकै नेता तथा मन्त्री वास्कोटाले सञ्चारकर्मीको
कार्यक्रम वन्द गर्न गरेको ठाडो हस्तक्षेपले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर अवस्थामा पुगेको पुष्टी गरेको छ। आवरणमा लोकतन्त्र भएपनि सरकार निरंकुशतातर्फ अघी बढेको यि घटनाहरुले पुष्टी गरेको छ। आम सञ्चारकर्मीको अधिकार रक्षाका लागि समेत क्रियाशिल हुनुपर्ने मन्त्री आफै सञ्चारकर्मीको कार्यक्रम बन्द गर्न निर्देशन दिदै हिड्नुले ‘जो अगुवा उही बाटो …’जस्तो भएको छ।
नेपाल प्रेस युनियन मन्त्री वास्कोटाले कार्यक्रम बन्द गर्न नेपाल टेलिभिजनलाई दिएको निर्देशनको घोर भत्सर्ना गर्दै तत्काल प्रस्तोता थापाको कार्यक्रम ‘सिधा प्रश्न’ सुचारु गर्न माग गर्दै आम सञ्चारकर्मीलाई स्वतन्त्र र भयरहित वातावरणमा सञ्चारकर्म गर्न पाउने वातावरण मिलाउन नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा मन्त्रालय र सरोकारवाला निकायसँग जोडदार माग गर्दछ।
धन्यवाद।
अजयबाबु शिवाकोटी
महासचिव
यो पनि पढ्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्