Skip to content
LAXMI SUNRISE BANK

आर्थिक पत्रकारितामा महत्वपूर्ण योगदान दिएको भन्दै अर्थ सरोकार डटकमका सम्पादक सुरज प्याकुरेल सम्मानित

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
चितवन- अर्थ सरोकार डटकमका सम्पादक सुरज प्याकुरेल सम्मानित भएका छन् । आर्थिक पत्रकारितामा महत्वपूर्ण योगदान दिएको भन्दै सम्पादक प्याकुरेल सम्मानित भएका हुन् । नेपाल डायरिज प्रालि, लिभ एण्ड लिड र कायकैरन मिडिया नेटवर्कले संयुक्त आयोजनामा आयोजित ‘मिस एसइइ स्टार चितवन’ कार्यक्रममा अतिथिका रुपमा रहेका प्याकुरेललाई आर्थिक क्षेत्रमा खरो कलम चलाएर जनतालाई सुसुचित बनाएको भन्दै सम्मानित गरिएको हो । उक्त कार्यक्रममा महानायक राजेश हमाल प्रमुख अतिथि थिए ।

‘पत्रकार प्याकुरेलले आर्थिक क्षेत्रमा पछिल्लो समय जुन खालको पत्रकारिता अभ्यास गर्नुभएको छ, त्यो देश विदेशमा निकै चर्चामा छ । उनले गरेको खरो पत्रकारिताबाट धेरै जना सचेत पनि भएका छन् ।’ नेपाल डायरीजका प्रबन्ध निर्देशक बिनेश थापाले भने, ‘सुरज प्याकुरेलको कलम अझ तिखो रुपमा अगाडी बढोस् भन्ने कामना सहित उनलाई सम्मान गरेका हौँ ।’
सिए सरोकार डटकमबाट पत्रकारिता सुरु गरेका प्याकुरेल त्यसपछि विभिन्न टेलिभिजन, रेडियो, अनलाइन हुँदै हाल अर्थ सरोकार डटकमका प्रधान सम्पादक छन् ।    
     
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK