×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार डटकम तेश्रो बर्षमा प्रवेश, देशभरका दर्जन रेडियोहरुबाट ‘रेडियो कार्यक्रम अर्थ सरोकार’ सुरु (लिष्टसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अर्थ सरोकार डटकम तेश्रो बर्षमा प्रवेश, देशभरका दर्जन रेडियोहरुबाट ‘रेडियो कार्यक्रम अर्थ सरोकार’ सुरु (लिष्टसहित)

३२ असार २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- शुभम् मिडिया प्रालिद्वारा सञ्चालित आर्थिक अनलाइन समाचार पोर्टल अर्थ सरोकार डटकम, र अर्थ सरोकार टेलिभिजन कार्यक्रम तेश्रो बर्षमा प्रवेश गरको छ । २०७३ साल साउन १ गतेबाट प्रकाशन हुन सुरु भएको अर्थ सरोकार डटकम र सोहि मितिबाट औपचारिक प्रशारण सुरु भएको अर्थ सरोकार टेलिभिजन कार्यक्रम तेश्रो बर्षमा प्रवेश गरेको हो । स्थापनाको छोटो समयमै पाठक र दर्शकको माया बटुल्न सफल अर्थ सरोकार डटकम र अर्थ सरोकार टेलिभिजन कार्यक्रम तेश्रो बर्षमा प्रवेश गरेको अवसरमा अर्थ सरोकार सञ्चालक कम्पनी शुभम् मिडिया प्रालिका प्रबन्ध निर्देशक सुरज प्याकुरेलले अनलाइन र टेलिभिजन काय्रक्रमलाई माया, साथ र विश्वास दिने सबै दर्शक, पाठक, शुभचिन्तक र बिज्ञापनदाताहरुलाई आभार प्रकट गरेका छन् । एक सार्वजनिक सन्देश जारी गर्दै उनले आफुहरु अझै परिस्कृत भएर अगाडी बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
देशभर प्रशारण पहुँचसहित रेडियो कार्यक्रम सुरु, टेलिभिजन कार्यक्रमको समय परिवर्तन
अनलाइन र टेलिभिजन कार्यक्रम तेश्रो बर्षमा प्रवेश भएसँगै रेडियो कार्यक्रम अर्थ सरोकार पनि सुरु भएको छ । देशका दर्जन बढी रेडियोहरुमा उक्त कार्यक्रम प्रशारण हुनेछ । हालका लागि रेडियो कार्यक्रम रेडियो धनगढी, रेडियो बिजयाकिल्ला-सिन्धुली, रेडियो रुपाकोट-खोटाङ, सामुदायिक रेडियो हर्मी-गोरखा, आफ्नो एफएम- रुकुम, शैलेश्वरी एफएम-डोटी, रेडियो तहल्का सल्यान, रेडियो सरोबर-हेटौंडा, रेडियो शैलुङ दोलखा, रेडियो अछाम-अछाम, रेडियो शिवराज कपिलबस्तु, र मेरो एफएम काठमाडौँबाट विभिन्न समयमा प्रशारण हुने भएको छ । साथै रेडियोको संख्या अझै बढ्नेसमेत शुभम् मिडिया प्रालि व्यवस्थापन जनाएको छ । 
यसैबीच अर्थ सरोकार टेलिभिजन कार्यक्रमको समयसमेत परिवर्तन भएको छ । यसअघि बेलुकी ६:३० बजे प्रशारण हुने गरेको अर्थ सरोकार टेलिभिजन कार्यक्रम अवदेखि प्रत्येक मंगलबार राती ९:३० बजे र त्यसको पुन: प्रशारण बुधबार विहान ४:३० बजे टिभी टुडे टेलिभिजनमा र बुधबार राती ९:३० बजे टिभी वान टेलिभिजनमा हुने भएको छ । साथै यो कार्यक्रम अन्य टेलिभिजनहरुबाट पनि प्राशरणको तयारी भइरहेको व्यवस्थापनले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी