×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जुवाको खालबाट पैसा लुकाउने प्रहरी नै डिएसपीको फन्दामा !

PRIME CA
GLOBAL IME BANK

जुवाको खालबाट पैसा लुकाउने प्रहरी नै डिएसपीको फन्दामा !

७ श्रावण २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • मनोज आत्मीय/ अर्थ सरोकार डटकम 
काठमाडौँ- महानगरीय प्रहरी वृत्त लैनचौरमा कार्यरत प्रहरी नायब निरीक्षक जयन्द्र बस्नेत जुवाको खालबाट पैसा लुकाउदै गर्दा समातिएका छन् । काठमाडौंको नयाँ बजारस्थित खुसिबुको एक घरमा जुवा खेलिरहेका मानिसहरु पक्राउ गर्न प्रहरी त्यहाँ पुगेको थियो । तर त्यहाँ पुगेका प्रहरी नायब निरीक्षक जयन्द्र बस्नेतले जुवा खेलिरहेको मानिसलाई पक्राउ गर्नुको साटो भगाएर खालमा रहेको २४ हजार १ सय ९५ रुपैया गायब बनाएको खुलासा भएको छ । 
यो घटना थाहा पाउने बित्तिकै महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम केसी सो स्थानमा पुगी सई बस्नेतलाई रंगेहात पक्राउ गरेका थिए । सई बस्नेतलाई अहिले महानगरीय प्रहरी परिसर टेकुले निलम्बन गरी छानबिन समिति बनाएर थप कारवाहिको प्रकृया अगाडी बढाउने तयारी गरेको परिसर टेकुले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: