×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भविष्य खोज्दै युवा : १६ तस्विरमा हेर्नुहोस् भृकुटीमण्डपमा आयोजित ‘थर्ड ग्रयाण्ड मेनेजमेन्ट फेष्टिभल’ (फोटो फिचर)

  • अर्थ सरोकार सम्बाददाता  

काठमाडौँ- काठमाडौँको भृकुटीमण्डपमा ‘तेश्रो ग्राण्ड मेनेजमेन्ट फेष्टिभल’ आयोजना भएको छ । उक्त फेष्टिभलमा व्यवस्थापन शिक्षासम्बन्धि काउन्सिलिङ, र जानकारी दिने, विभिन्न कलेजहरुले आफ्नो कलेजसम्बन्धि जानकारी दिने काम भईरहेको छ । विशेषगरी काठमाडौँमा सञ्चालित विभिन्न कलेजहरुले बिबिए, बिएचएम, बिबिएस लगायतका कोर्षको बारेमा र आफ्नो कलेजको बारेमा जानकारी दिईरहेका छन् । साथै उक्त कार्यक्रममा एसीसीए, सिमा लगायतका अन्तराष्ट्रिय कोर्षहरुको समेत जानकारी दिने काम भइरहेको छ ।
यद्यपी कार्यक्रममा सोचेअनुसारका विद्यार्थी पुगेका छैनन् । पहिलो दिन कार्यक्रममा विद्यार्थी भन्दा आयोजक बढी देखिन्थे भने शनिबारको दिन झरी परेकाले खास भिजिटर इभेन्टमा कार्यक्रममा पुगेका छैनन् । विद्यार्थी नपुगेपछी अधिकांस आयोजकका प्रतिनिधिसमेत संगै आयोजना भएको कार्यक्रममा हास्यव्यंग्य कार्यक्रम हेरिरहेका देखिन्थे । उही विद्यार्थीले अधिकांस कलेजका स्टलहरुमा गएर उही प्रकृतिको काउन्सिलिङ लिईरहेको समेत देखिन्थ्यो । नाममा ग्राण्ड भएपनि कार्यक्रम ‘फ्लप’ देखिन्थ्यो । यतिसम्म कि एउटा कलेजको आयोजक विद्यार्थीहरु अर्को कलेजमा गएर बुझीरहेको देखिन्थ्यो । इभेन्टमा दर्जनौं शैक्षिक संस्थाहरुले सहभागीता जनाएका छन् । 
हामीले यहि इभेन्टका बीच काउन्सिलिङ लिईरहेका र दिईरहेकाहरुको तस्विर संकलन गरेका छौं ।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: