
- सरला राउत / अर्थ सरोकार डटकम
काठमाडौँ- नबिल बैंकका १२ नयाँ साखाहरुको उद्घाटन भएको छ । होटल अन्नपूर्ण, काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच अर्थमन्त्री डा. युवराज खतिवडाले १२ नयाँ साखाको इलेक्ट्रोनिक उद्घाटन गरेका हुन् । प्रदेश नम्बर ५, प्रदेश नम्बर ७ र कर्णाली प्रदेशका साखाहरु उद्घाटन भएका हुन् । बैंकका अध्यक्ष सम्भु प्रसाद पौड्याल र बैंकका प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा उक्त उद्घाटन समारोह सम्पन्न भएको थियो । नबिल बैंकले पाँच वटा आँफैले छानेर र बाँकी सात वटा राष्ट्र बैंकले खटाएको ठाउँमा शाखा खोलेको हो । आज उद्घाटन भएका साखाहरुसहित नबिल बैंकको शाखा संख्या ७४ पुगेको छ ।
बैंकले डडेलधुराको आलिताल, सुर्खेतको वराहताल, बझाङको वित्थडचिर, रुपन्देहीको सम्मरीमाइ, जुम्लाको तिला, सल्यानको दार्मा, कालीकोटको पचालझरना र पलाता, वैतडीको पञ्चेश्वर, अछामको रामारोशन, डोटीको सायल र अछामको तुर्माखादा गाउँपालिकामा शाखा खोलेको हो।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बैंकले नाफामात्रै नहेरी वित्तीय पहुँच अभिबृद्धि गर्दै सरकारी योजनाहरुलाई समेत अगाडि बढाउँदै लैजाने बताए । ‘बैंकले नाफामात्र हेर्ने भन्दापनि वित्तीय पहुँच बढाउने योजना अगाडी ल्याउनुपर्छ । हामी पनि त्यहि गर्दैछौं ।’ कार्यक्रममा बोल्दै सीईओ शाहले भने । सरकारले ७५३ वटै स्थानीय तहमा असार मसान्तभित्र शाखा खोल्ने योजना बनाएको थियो । यसमध्ये ५५६ स्थानीय तहमा शाखा खोलिसकिएको छ।


















Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्