×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्ताहरुको अर्को संघ जन्मँदै, दुर्गा प्रसाद काफ्ले संगठन प्रमुख ! यस्ता छन् संघका योजना र उदेश्यहरु…

PRIME CA
GLOBAL IME BANK

लगानीकर्ताहरुको अर्को संघ जन्मँदै, दुर्गा प्रसाद काफ्ले संगठन प्रमुख ! यस्ता छन् संघका योजना र उदेश्यहरु…

१५ श्रावण २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- नेपालमा सेयर बजारका लगानीकर्ताहरुको हक हित, संरक्षण र सम्बर्धन र प्रवर्द्धनका लागि भन्दै नयाँ संघ खुल्ने भएको छ । नेपाल पूँजी बजार संघ नामको उक्त संघ यहि शुक्रबार गठन हुने भएको छ । सातै प्रदेशका संयोजकहरुसमेत घोषणा हुने गरी उक्त संघ गठनको तयारी भईरहेको संगठन प्रमुख दुर्गा प्रसाद काफ्लेले जानकारी दिए । ‘कतिपय संघहरु राजनीतिक आडमा अघि बढीरहेका छन् । तर हाम्रो संघ राजनीतिभन्दा टाढा हुनेछ ।’ संगठन प्रमुख काफ्लेले अर्थ सरोकार डटकमसँग भने, ‘राजनीतिक रुपमा जुनसुकै आस्था भएका लगानीकर्ताहरुलाईसमेत हाम्रो संघमा स्वागत छ ।’
उनले आफ्नो संघले लगानीकर्ताको हक हितका लागि काम गर्ने बताएका छन् । ‘अहिले धेरै संघहरु संघका नाममा राजनीति गर्नेहरु धेरै छन् । हामी भने लगानीकर्ताका पक्षमा काम गर्दैछौं । नेतालाई भेटेर, फोटो खिचाएर होइन, लगानीकर्ताका समस्या, पूँजी बजारका समस्या, अर्थतन्त्रको समस्यालाई बुझेर, त्यसलाई पहिचान गरेर, सम्बन्धित निकायमा समस्या समाधानका लागि ‘लविङ’ गर्नेछौं ।’ काफ्लेले भने । उनका अनुसार सेयर बजार लगानीकर्ताका समस्या मात्रै पूँजी बजारका समस्या होइनन् । ‘एउटा उद्योगी, किसान सबैका समस्या भनेको समग्र पूँजीबजारको समस्या हो । यो समस्या समाधानका लागि हामी अगाडी बढ्छौं ।’ उनले भने ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: