×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राष्ट्रिय बीमा संस्थानमा यस्तो मनपरी, नियामकको निर्देशन रद्धीको टोकरीमा फाल्दै ‘कामचोर’हरुलाई बढुवाको तयारी ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – राष्ट्रिय वीमा संस्थानमा केहि व्यक्तिको निहित स्वार्थ्यका कारण मनपरी हुने गरेको खुलासा भएको छ । नियामक निकाय बीमा समितिको नियम नटेर्ने, र समितिको स्वीकृति नै नलिइ ३ महिनापछि अवकास पाउन लागेका कर्मचारीहरुलाई बढुवा गर्न लागेको भन्दै समितिलाई धरासायी हुनबाट जोगाइ पाउँ भनी समितिमा कार्यरत ७ जनाले नाम नै किटेर अख्तियारमा उजुरी गरेपछि यस्तो खुलासा भएको हो । २०७५-०३-१९ गते लेखिएको उक्त निवेदनमा संस्थानका विभिन्न कर्तुतहरुको बारेमा खुलासा गरिएको छ भने संस्थानलाई बचाउन उचित कदम चाल्न समेत आग्रह गरिएको छ ।
राष्ट्रिय बीमा संस्थानको यस्तो बिजोग ? नियामक किन मौन ?
राष्ट्रिय बीमा संस्थानमा यतिसम्म मनपरी फष्टाएको छ कि संस्थानले नियामकको निर्देशन रद्दीको टोकरीमा फाल्ने गरेको छ । स्पष्टसँग संस्थानलाई निश्चित रकम भन्दा बाहिरको परिधिमा रहेर रकम बहिर्गमन नगर्नु भनी ध्यानाकर्षण नै भएको भएपनि संस्थानले केहि निश्चित व्यक्तिको स्वार्थ्यका लागि ३ महिनापछि अवकास पाउन लागेका कर्मचारीहरुलाई बढुवा गर्ने तयारी गरिएको छ । अझ अचम्मलाग्दो कुरा त के छ भने संस्थानको उपल्लो तहमा अधिकांस कर्मचारी कामु मुकरर गरिएको छ । यो प्राय: कतै नभएको अभ्यास हो । गत १२ बर्षदेखि कम्पनीको एकिन हिसावकिताब हुन सकेको छैन भने १२ बर्षदेखि बीमांकीय मुल्यांकनसमेत हुन सकेको छैन ।
नियामक निकायले मिति २०७३-११-०२- गते लेखेको पत्रमा स्पष्टसँग ‘बीमकको सम्पूर्ण हिसाव मिलान नभएसम्म कर्मचारीलाई तलव भत्ता, पोशाक भत्ता, र उपदान बाहेक कुनै पनि प्रकारको रकम बहिर्गमन नगर्ने’ भन्ने स्पष्ट आदेश दिएको छ । यतिमात्र होइन, यो निर्देशनको जवाफमा संचालक समितिले बीमाकको सम्पूर्ण हिसाव मिलान नभएसम्म कर्मचारीलाई तलाव भत्ता, पोशाक भत्ता र उपदान बाहेक कुनै पनि प्रकारको रकम बहिर्गमन नगर्ने प्रतिबद्धतासमेत व्यक्त गर्दै सोको जानकारी नियमनकारी निकायसमक्ष पठाएको थियो । हेर्नुहोस् संस्थानले पठाएको उक्त प्रतिबद्धतासहितको जवाफ : 
व्यवस्थापनलाई प्रश्न नै प्रश्न, ‘कामचोर’हरुलाई प्रोत्साहन किन ?
यता संस्थान डुब्ने अवस्थामा भएको भन्दै अख्तियारमा बुझाइएको निवेदनमा व्यवस्थापनमाथि थुप्रै प्रश्न उठाइएको छ । सबका सब कर्मचारीहरुलाई कामु मुकरर गर्दा आर्थिक दायित्व थपिन्छ कि थपिंदैन ? भन्ने प्रश्न एकातर्फ गरिएको छ भने अर्कोतर्फ त्यसो गर्दा नगद बहिर्गमन हुन्छ कि हुँदैन ? भन्ने प्रश्न उठाइएको छ । सामान्य रुपमा बुझ्दा पनि यसले संस्थानलाई ठुलो घाटा हुने देखिएको छ । अझ अचम्मलाग्दो कुरा त के हो भने, संस्थानमा जसरी अधिकांस कर्मचारीहरुलाई कामु मुकरर गरिएको छ, त्यसको जानकारीसमेत बिमा समितिलाई गराइएको छैन । ३ महिनापछि अवकास हुने कर्मचारीहरुलाई बढुवा गराएर तिनलाई दीर्घकालीन रुपमै सोहि अनुसारको सेवा सुविधा दिनका लागि ठुलो चलखेल भएको आरोप समेत लगाइएको छ ।
हेर्नुहोस् अख्तियारमा परेको उजुरी जस्ताको त्यस्तै :
स्मरण रहोस् केहि समयअगाडी समयमा नै वित्तीय विवरण नबुझाएको भन्दै यो संस्थानलाई बीमा समितिले कारवाही समेत गरेको थियो । यसको चित्तबुझ्दो जवाफ नआए संस्थानको लाइसेन्स खारेजीको तयारीसमेत बीमा समितिले गरिरहेको जानकारी बाहिर आएको थियो । अन्य जानकारी तलको समाचारमा हेर्नुहोस् :

 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: