
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षमध्येका एक प्रचण्डले उद्योगी व्यवसायीलाई ठगको रुपमा मात्रै हेर्न नहुने र उनीहरुले नाफा नखाएसम्म देश नबन्ने दावी गरेका छन् । एभेन्ट्स एन्ड भेन्यू एशोसियन अफ नेपालको आठौं वार्षिक उत्सव कार्यक्रमलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन्।
‘नेपालमा राज्यले उद्योग गर्नेलाई राष्ट्रसेवकको रुपमा कम, नाफाखोरको रुपमा बढी हेर्ने दृष्टिकोण रहँदै आएको छ । यो परिवर्तन भइ रोजगारी सिर्जना गर्ने र उद्योग गर्ने नीति जबसम्म बन्दैन तबसम्म देश समृद्ध बन्न सक्दैन ।व्यवसायीले पनि कसरी कर छल्ने भन्नेतिर लाग्नु भएन । पछिल्लो समय यस्ता प्रवृत्ति देखिएका छन् । त्यो हुनु भएन । देशभित्रै व्यवसाय गर्दा असुरक्षित हुने वातावरण बन्यो भने पुँजी बाहिर जान सक्छ । अहिले स्थिर सरकार बनेको छ । तर व्यवसायी र अरुको पनि आशा र अपेक्षा धेरै हुँदा केही समस्या छ । यस विषयमा हामी छलफल गर्दैछौं । हामी गम्भीर छौं ।’कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्