×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘करको दर होइन दायरा बढाउनुपर्थ्यो, म अर्थमन्त्री हुँदा ‘अल-टाइम हाइ’ पुगेको बजार खस्कंदा निकै चिन्तित छु’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ श्रावण २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

‘करको दर होइन दायरा बढाउनुपर्थ्यो, म अर्थमन्त्री हुँदा ‘अल-टाइम हाइ’ पुगेको बजार खस्कंदा निकै चिन्तित छु’

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- पूर्वअर्थमन्त्री डा. राम शरण महतले निरन्तर ओरालो लागेको बजारले आफु र आफ्नो पार्टीलाई चिन्तित बनाएको बताएका छन् । सरकारले करको दायरा बढाउनुको सट्टा दर बढाएर जनतालाई करको भार थोपरेका कारण बजारमा लगानी गर्ने वातावरण नै नभएको बताउंदै महतले सरकार यस विषयमा गम्भीर हुनुपर्ने बताएका छन् ।  ‘म अर्थमन्त्री हुँदा ‘अल-टाइम हाइ’ पुगेको बजार अहिले यसरी खस्किएको देखेर ममात्र होइन हाम्रो पार्टी नै चिन्तित बनेको छ । सरकारले करको दर बढाएर जनतालाई दुख दिने काम गर्यो । यसको असर नेपाली सेयर बजारमा देखिएको छ ।’ अर्थमन्त्री महतले भने ।
अमेरिकाको कर प्रणालीको स्मरण गर्दै उनले भने, ‘डोनाल्ड ट्रम्पले कतिपय क्षेत्रमा करको दर निकै घटाईदिएपछी लगानीको वातावरण बनेको छ । हाम्रो सरकारले पनि करको दर भन्दा पनि दायरा बढाउनुपर्थ्यो । यो विषयमा सरकार गम्भीर हुन जरुरी छ ।’ सरकारको रचनात्मक आलोचना गरेका महतले लगानीकर्ताहरुलाई सम्बोधन गर्दै भने, ‘जसरी सरकारले करको दर बढाएको छ, त्यो कसैलाई पनि मन परेको छैन । हामीलाई पनि मन परेको छैन । करको दरभन्दा दायरा बढाएको भए सेयर बजारको भविष्य निकै उज्ज्वल हुने थियो ।’
लगानीकर्तालाई धैर्यता अपनाउन अनुरोध गर्दै महतले अगाडी भने, ‘तपाईं धैर्यता राख्नुहोस् । बजार सधैं ओरालो लाग्दैन । तर यस कुरामा सरकार गम्भीर हुनुपर्छ ।’            
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: