×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेसी यी मेयर जसले करवृद्धि फिर्ता लिएर जनतालाई राहत दिए, जनताले दिए मुरी-मुरी धन्यवाद !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

कांग्रेसी यी मेयर जसले करवृद्धि फिर्ता लिएर जनतालाई राहत दिए, जनताले दिए मुरी-मुरी धन्यवाद !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सरकारले जे कुरामा पनि कर बढाएपछी यसको चौतर्फी विरोध भइरहेका बेला परोहा नगरपालिकाका मेयर शेख वकिलले स्थानिय तहको कर नबढाएर जनतालाई राहत दिएका छन् । आईतबार बसेको नगर समितिको बैठकले नगरपालिकाका सबै खाले कर नै निशुःल्क गर्ने घोषणा गरेपछी एकातर्फ जनताले राहत पाएका छन् भने अर्कोतर्फ उनलाई त्यहाँका जनताले मुरी मुरी धन्यवाद दिएका छन् । 
वकिल जनताका पक्षमा निर्णय लिने पहिलो मेयर भएको भन्दै उनको चौतर्फी वाहवाहि भएको छ । यसो त नेपाली कांग्रेसले अहिलेको सरकारले गरेको जनविरोधी कामलाई सच्याउन भन्दै आफुले जितेका ठाउँमा बढेको फिर्ता लिने निर्देशानुसार काम गरिरहेको छ । अन्य नगरपालिका र गाउँपालिकामा समेत करबृद्धि फिर्ता लिने गरी कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले तयारी गरिरहेको बुझिएको छ ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसले जीतेका स्थानीय तहमा जनतालाई भार पर्ने गरी कर बृद्धी नगर्न निर्देशन दिएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: