- सरला राउत / अर्थ सरोकार डटकम
काठमाडौंमा नाडा अटो-शो शुरु भएको छ । भदौ ३१ गतेसम्म चल्ने १३ औं नाडा अटो-शोमा विभिन्न ३९ वटा ब्राण्डका सवारी साधन राखिएका छन् । उक्त अटो शोमा थुप्रै ब्राण्डका गाडीहरुले आ-आफ्ना अफर र दावी सहित गाडी तथा बाइक बिक्री गरिरहेका छन् । यसैबीच उक्त शोमा गाडी वा बाइकका स्टलहरुमा महिलाहरुलाई गराइएको मोडलिङले पनि राम्रै चर्चा पाएको छ । यसअघिका नाडा अटो शोमा पनि यसको राम्रै चर्चा हुने गर्थ्यो । यो अंकमा हामीले शो भारी देखिएका केहि अटो गर्लका बोल्ड अवतारहरु क्यामरामा कैद गर्ने प्रयास गरेका छौं ।