×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमइ बैंकको दादागिरी : बजारमा चार्टड एकाउन्टेन्टको क्रेज घटाउने नियोजित चलखेलको प्रयास !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ग्लोबल आइएमइ बैंकको दादागिरी : बजारमा चार्टड एकाउन्टेन्टको क्रेज घटाउने नियोजित चलखेलको प्रयास !

Artha Sarokar

२ आश्विन २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- केहि समय अगाडी ग्लोबल आइएमइ बैंकले मेनेजमेन्ट ट्रेनीमा चार्टड एकाउन्टेन्ट माग्यो । अर्थ सरोकारले यसबारे समाचार छापेपछी नेपाली लेखा व्यावासायीहरुको नियामक संस्था नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का तत्कालीन अध्यक्ष प्रकाश जंग थापाले आफैं बैंकका एचआर प्रमुख भवानी ढकाललाई भेटे र यो गल्ती सच्याउन आग्रह गरे । बैंकले पनि आउटसोर्स कम्पनी आस्कमी मेनेजमेन्टको गल्तीका कारण यस्तो भएको भन्दै भ्याकेन्सी सच्याउने बतायो । आउटसोर्स कमपनीलाई दोष दिएर नै सहि, बैंकले आफ्नो गल्ती सच्यायो । आइक्यानका पूर्व अध्यक्ष प्रकाशजंग थापाका अनुसार बैंकले आइक्यानलाई माफी पत्र पनि पठाएको छ । तर प्रकाशजंग थापा बाहिरिएर आइक्यानमा नयाँ अध्यक्ष आउने बितिकै सोहि बैंकले नयाँ अध्यक्षलाई हेप्ने गरी र समग्र सिए पेशा नै बदनाम हुने गरी मेनेजमेन्ट ट्रेनीमा चार्टड एकाउन्टेन्ट मागेको छ ।


यस्तो थियो यसअघिको घटना !
यसअघि सोहि बैंकले आफ्नो गल्ती स्वीकार्दै आइक्यानसँग माफी मागेको थियो । यसअघि युनाइटेड फाइनान्सले पनि मेनेजमेन्ट ट्रेनीमा सिएहरु मागेपछि त्यसको चर्को आलोचना भएको थियो । त्यसपछि फाइनान्सले आफ्नो भ्याकेन्सी सच्याएको थियो । यसरी नयाँ नेतृत्वको कमजोरीको फाइदा उठाउँदै बैंकहरुले यसरी नै पेल्ने हो भने कुन दिन ट्रेनी एसिष्टटेन्टमा पनि सिए नामागीएला भन्न सकिन्न भन्ने चर्चा अहिले नेपाली सिए क्षेत्रमा छ । यसो त पछिल्लो समय यसबारे कोहि पनि बोल्न तयार छैनन् । हामीले यस विषयमा बुझ्न आइक्यानका अध्यक्षलाइ सम्पर्क गर्दा उनले आफु व्यस्त भएको मेसेज पठाए । ग्लोबल आइएमइ बैंकका एचआर प्रमुख भवानी ढकालपनि यो विषयमा बुझ्न सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् । हामीले बैंकमा फोन गरी भवानी ढकालको प्रतिक्रिया माग्न खोज्दा उनले फोन नै उठाएनन् ।


नियोजित चलखेलको प्रयास ?

यता बैंकमा कार्यरत केहि उच्च अधिकारीहरुले भने बैंकमा सीइओको ठाडो निर्देशनमा यस्तो गरिएको दावी गरेका छन् । ‘सीइओ सापलाइ कसको के रिस हो कुन्नि ? तर एचआरमा उहाँले नै मेनेजमेन्ट ट्रेनीमा सिए माग्नु भनेर एचआर प्रमुखलाई निर्देशन दिनुभएको हो ।’ बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘पहिला बैंकले आइक्यानसंग यहि विषयमा माफी मागेको थियो । आइक्यानमा नयाँ नेतृत्व आएछ । त्यसपछि त उसलाई (आइक्यानको अध्यक्षलाई) म कुरा गरौँला भनेर सीइओबाट नै यस्तो आदेश आयो ।’ यस विषयमा बुझ्न हामीले ग्लोबल आइएमइ बैंकका सीइओ जनक शर्मा पौड्याललाई फोन गर्यौं । यसअघि पनि बैंकका विभिन्न काण्डबारे उनीसँग प्रश्न सोधेका हाम्रो फोन उनले यसपाली पनि उठाएनन् ।        
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी