×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुर्खेतमा नक्कली अडिटरहरुको बिगबिगी : कानुन मिचेर पत्रिकामा यस्तो बिज्ञापन, तपाईं पनि फस्नु होला नि !

PRIME CA
GLOBAL IME BANK

सुर्खेतमा नक्कली अडिटरहरुको बिगबिगी : कानुन मिचेर पत्रिकामा यस्तो बिज्ञापन, तपाईं पनि फस्नु होला नि !

१८ भाद्र २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

सुर्खेत – सुर्खेतमा लेखाव्यवसाय सम्बन्धि नक्कली काम गर्ने व्यक्ति अर्थात ‘क्वाक’को बिगबिगी बढेको छ । लेखा व्यवसाय सम्बन्धि काम पत्रिकामा बिज्ञापन छापेर गर्न नपाइने नियमको धज्जी उडाउँदै बीरेन्द्रनगर-६ सुर्खेतमा रहेको स्मार्ट कन्सल्टेन्सी नामक कम्पनीले लेखापरीक्षण विवरण र अडिट रिपोर्ट तयार गर्छौं भन्दै बिज्ञापन गरिरहेको छ । कानुनले बर्जित गरेको यस्तो काम हुँदा पनि आइक्यानको नियमन निकै कमजोर हुँदा नेपाली लेखाव्यवसायप्रति जनताको नजर पनि कमजोर हुँदै गएको छ । 
कम्पनीले लेखा व्यवसायको यतिसम्म बेइज्जत गरेको छ कि घर तथा जग्गा खरिद बिक्री, कम्प्युटर क्लास, बेरोजगारलाइ रोजगार बनाउने प्लस टु ब्याचलर र मास्टर्सको शैक्षिक प्रमाणपत्र निकालिदिने जस्ता काममा लेखापरिक्षण रिपोर्टसमेत बनाइदिने भन्दै बिज्ञापन गरिएको छ । अझ रमाइलो कुरा त ‘अडिट’ रिपोर्टसमेत लेख्न नजानेर ‘अडित’ लेखिएको छ ।    
कसले चलाउँछ यस्तो गैरकानुनी काम :
पत्रिकामा दिइएको बिज्ञापनको फोन नम्बर डायल गर्दा उनको नाम श्याम ढकाल रहेको पत्ता लागेको छ । हामीले यसरी बिज्ञापन गर्न पाइन्छ र ? भन्ने प्रश्न गर्दा ढकालले आफुले उक्त कम्पनी छोडिसकेको दावी गरेका छन् । ‘त्यो अलि अगाडीको बिज्ञापन होला । अहिले मैले त्यो कम्पनी छोडिसकेको छु ।’ उनले भने । यता सुर्खेतमा व्यवसायीहरुले भने पत्रिकामा बिज्ञापन पछिल्लो समय कम भएपनि आफ्नो काम स्मार्ट कन्सल्टेन्सीले नै गर्ने दावी गरेका छन् ।      
हेर्नुहोस् स्मार्ट कन्सल्टेन्सीले पत्रिकामा गरेको बिज्ञापन 
यस्तो छ कानुनी व्यवस्था 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: