
- अर्थ सरोकार सम्बाददाता
पोखरा- सेयर बजारका नवप्रवेशीहरुलाई खुसीको खबर छ । सेयर बजारका नवप्रवेशीहरुलाई लक्षित गर्दै पोखरामा आधारभूत सेयर तालिम हुने भएको छ । सेगा कम्प्युटर लिंक, अमर्सिम्हा चोक, पोखरा १० मा हुन लागेको उक्त कार्यक्रममा सिए दीपक भुर्तेल र कमल कोइरालाले सेयर बजार सम्बन्धि तालिम प्रदान गर्नेछन् ।
२०७५ असोज-०६ गते शनिबार विहान १०:३० देखि ५ बजेसम्म आयोजना हुन लागेको कार्यक्रममा प्रवेश शुल्क १००० रुपैयाँ राखिएको छ भने त्यसमा पनि महिलाहरुलाई २०% छुट प्रदान गरिनेछ । कार्यक्रममा सहभागी हुन ९८५६०३२२७२ मा सीधा सम्पर्क गर्न सकिनेछ । उक्त तालिममा सेयर बजारको परिचय, प्राथमिक बजार र दोश्रो बजार, कम्पनीको परिचय र प्रकार, सेयर खरिद विक्री प्रक्रिया, सेयर बजारका फाइदा तथा जोखिम, सेयर बजारमा अपनाउनुपर्ने रणनीति र वित्तीय प्रतिवेदनका सूचकांकको जानकारीबारे दिइने आयोजकको भनाइ छ ।
उक्त कार्यक्रममा अर्थ सरोकार डटकम अफिसियल मिडिया पार्टनरका रुपमा रहनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्